प्रदेश-१ मा सरकार गठनको प्रक्रिया सुरु




प्रदेश-१ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ।

प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि एमालेको औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो। 

माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागार्इंलाई बुझाएका छन्। प्रदेश-१ मा नेकपा एमालेको स्पष्ट बहुमत छ। ९३ सदस्यीय यस प्रदेशसभामा नेकपा एमालेका मात्र ५१ सदस्य छन्। यसबाहेक माओवादी केन्द्रको १५ प्रदेशसभा सदस्य छन्। 

नेकपा एमालेले प्रदेश-१ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ। नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य जीवन घिमिरेले सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नेछन्। फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि उनले जानकारी गराए।रासस 

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 19:43:01



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।