सरकार र राजनीतिक दललाई पूर्वसांसद मञ्चको भन्यो: मिलेर काम गर्नुस्




संसद भवन (फाइल फोटो)
संसद भवन (फाइल फोटो)

पूर्वसांसद मञ्चले अब गठन हुने नयाँ सरकारलाई भ्रष्टाचार नियन्त्रण, सुशासन तथा ऊर्जा र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ।

मुलुकमा लामो समयदेखि कमजोर व्यस्थापनको कारण विकास र पूर्वाधारका आयोजनाहरु तोकेको समयमा पूरा हुन नसकेको पक्षलाई गम्भीरताका साथ लिँदै लगानीको सुनिश्चिताका साथै स्रोत र साधनको आवश्यक प्रबन्ध मिलाएर काम गर्न मञ्चले सरकार र राजनीतिक दललाई सल्लाह दिएको हो। 

मञ्चको काठमाडौंमा मंगलबार सम्पन्न दुईदिने भेलाले मुलुकलाई विकास र समृद्धिमा लैजाने सवालमा सरकार र प्रतिपक्षीलगायत राजीतिक दललाई सहकार्यका साथ अघि बढ्न सुझाव दिएको महासचिव शंकरनाथ अधिकारीले जानकारी दिएका छन्।

पछिल्लो समय निर्वाचन खर्चिलो भएकै कारण राजनीतिमा ठूलो योगदान पु¥याएका इमान्दार कार्यकर्ताले प्रतिस्पर्धा गर्न निकै कठिन भएको पक्षलाई हेक्का राखेर यस क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्न सुधारको पहल कदमी लिन पनि मञ्चले सुझाव दिएको छ। 

मुलुकमा विद्यमान मानव संशाधनको समुचित प्रयोगका लागि उद्योग, व्यापार, यातायात र पर्यटन क्षेत्रमा परिणाममुखी सुधारको खाँचो औँल्याउदै मञ्चले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफल रुपमा सम्पन्न गरेकामा सरकार र राजनीतिक दलप्रति धन्यावद ज्ञापन गर्ने निर्णय पनि गरेको छ। 

मञ्चले पूर्वसांसदको योग्यता, क्षमता र अनुभवलाई उपयोग गर्ने व्यवस्था मिलाउन सरकार र राजनीतिक दलसँग आग्रहसमेत गरेको छ। ४४० आजीवन सदस्य रहेको उक्त मञ्चमा एक हजार ३०० सदस्य रहेका छन्। भूकम्पबाट घर क्षति भएका पीडितलाई आवास निर्माणका लागि सहजरुपमा सहयोग उपलब्ध गराउन र सहयोगलाई परिवर्तित बजार मूल्यअनुरुप बनाउन पनि मञ्चले सरकारलाई भनेको छ।रासस

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 19:26:57



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।