अाेली-दाहाल एक्लाएक्लै बैठक, माअाेवाद र जबज एकीकरण गरिने




प्रचण्ड र ओली
प्रचण्ड र ओली

पार्टी एकीकरणको प्रयासमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार मानभवनस्थित एक घरमा एक्लाएक्लै वार्ता भएकाे छ।

NIC ASIA

करिब ४० मिनेटसम्म भएकाे वार्तापछि भोली एकता संयोजन समितिको बैठक राख्ने सहमति भएकाे छ।

एकीकृत पार्टीको नेतृत्वबारे सहमति भइसकेको अवस्थामा दुई अध्यक्षबीचको वार्ताले एकता प्रक्रिायालाई नयाँ मोड दिने विश्वास गरिए पनि मंगलबारकाे बैठकले त्यसाे गर्न सकेन। एकता समिति बैठकले एकताकाे खाका सार्वजनिक गर्दै सांगठनिक संरचना एवं सैद्धान्तिक विषयलाइ टुंगाे लगाउन फरक फरक कार्यदल गठन गर्ने अपेक्षा गरिएकाे छ। 

सोमबार दुवै नेताहरूबीच एकीकृत पार्टीकाे अध्यक्षमा दुवै नेता रहने र सरकारमा आलोपालो गर्ने समझदारी भएको थियो।

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए। सोमबार र आजको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ। 

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ। 

पार्टीका शीर्षनेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ। तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन्। 

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। 

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 18:24:41
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।