महिला छापामारको यौनांगमा गोली हान्न निर्देशन दिएपछि डुटेर्टेको चर्को आलोचना




फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टे
फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टे
रोयटर्स

फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले महिला कम्युनिष्ट विद्रोहीहरुलाई यौनांगमा गोली हान्न निर्देशन दिएपछि उनको चर्को आलोचना भएको छ।

करिब दुई सयजति पूर्व कम्युनिष्ट सैनिकलाई सम्बोधन गर्दै गतसाता डुटेर्टेले महिला छापामारलाई कसरी तह लगाउने भन्ने उपाय दिएका थिए।

‘मेयरबाट नयाँ आदेश आउँदैछ भनेर सैनिकहरुलाई भन्देऊ,’ पूर्व मेयर समेत रहेका डुटेर्टेले भने, ‘हामी उनीहरुलाई मार्नेछैनौँ। हामी मात्र तिनको योनीमा गोली हान्नेछौँ। योनी नै नरहे ती सबै बेकार हुनेछन्।’

सो भाषणभर डुटेर्टेले पटकपटक योनी शब्दको उच्चारण गरेका थिए।

डुटेर्टेको यस्तो छिचरो आदेशपछि मानवअधिकारवादी तथा महिला अधिकारकर्मीहरुले चर्को विरोध गरेका छन्।

डुटेर्टेले बारम्बार यस्तै महिलाविरोधी र उच्छृंखल टिप्पणी गर्दै आएका छन्। एजेन्सी

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 18:17:49



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।