यी व्यवसायी जो नियम बनाउन जाँदैछन्


Infocus



संसदमा प्रतिनिधित्वका लागि सोमबार सबै दलले निर्वाचनमा समानुपातिकको अन्तिम सूची बुझाइसकेका छन्।

NIC ASIA

मुख्य दलहरुको समानुपातिक सूचीमा केही यस्ता व्यक्ति परेका छन् जो व्यापार व्यवसायमा अब्बल छन्।

नेपालका एक मात्र फोब्र्स बिलेनियर विनोदकुमार चौधरी काँग्रेसको समानुपातिक सूचीमा परेका छन्। उनी मधेसी कोटाबाट संसदमा चुनिएका हुन्। वाईवाई चाउचाउलाई विश्वव्यापी बनाउन लागिपरेका चौधरी समूहका नेपालमा ४० भन्दा बढी कम्पनी छन्। 

बैंक, टेलिकम्युनिकेशन, सिमेन्ट, बायोटेक, रियलस्टेट, जलविद्युत्, होटललगायतका क्षेत्रमा चौधरीको लगानी छ। यसअघि नेकपा एमालेको समानुपातिक कोटामा रहेका उनी चुनाबअघि काँग्रेस प्रवेश गरेका थिए।

काँग्रेसबाटै संसदमा पुगेका अर्का व्यक्तित्व उमेश श्रेष्ठ हुन्। नेपालका अग्रणी शिक्षा व्यवसायी उनी यसअघि पनि काँग्रेसकै कोटामा सांसद थिए। उनकाे कृषि र चिया उद्याेगमा लगानी रहेकाे छ।

काँग्रेसले निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष एवं क वर्गका ठेकेदार जीपछिरिङ लामालाई पनि सांसद बनाएको छ। उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। उनलाई जनजाती कोटामा सांसद बनाइएको हो। अर्का ठेकेदार बहादुर सिंह लामा पनि सांसद भएका छन्।

एमालेबाट समानुपातिक सूचीमा विराटनगर आधारित होटल व्यवसायी एवं उद्योगी मोतीलाल दुगड परेका छन्। सेन्चुरीयन समूहका अध्यक्ष उनकाे विराटनगरमा हाेटल ह्यारिसन सञ्चालनमा छ। एमालेले पोखराका उद्योगी सूर्यबहादुर केसीलाई पनि समानुपातिक सूचीमा पारेको छ।

कानुन निर्माण गर्ने थलाेमा व्यवासायी पुग्दा नीतिगत भ्रष्टाचारकाे जाेखिम रहने एकथरिकाे भनाइ छ। पछिल्लाे समय नेपाल मात्र हाेइन विश्वभरि नै व्यापारिक पृष्ठभूमिबाट राजनीतिलाइ नेतृत्व दिने प्रवृत्ति बढ्दाे छ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 17:38:06
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।