ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष बन्ने सहमति

संभवतः मंगलबार पार्टी एकताको विशेष घोषणा




 ओली र प्रचण्ड ( फाइल तस्विर )
ओली र प्रचण्ड ( फाइल तस्विर )

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने गरी छिट्टै पार्टी एकता गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ।

सोमबार बिहान ललितपुर मानभवनस्थित माओवादी निकट व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा भएको ओली–प्रचण्डबीच २ घण्टा लामो वार्तामा प्रधानमन्त्रीका रुपमा ओलीले सरकारको र अध्यक्षका रुपमा प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो।

यो सहमतीलाई लामो समय लिएको एमाले माओवादी पार्टी एकता प्रक्रियामा निर्णायक कदम मानिएको छ। सहमती अनुसार सबै कुरा अगाडि बढेमा एक दुई दिनभित्र, संभवतः मंगलबार नै एकता सम्बन्धमा विशेष घोषणा गर्न दुई अध्यक्ष सहमत भएका छन्। 

अति विश्वस्त स्रोतका अनुसार अधिकारी निवासमा ब्रेकफाष्टसहित भएको वार्तामा भोलि एकपटक फेरि ‘वन टु वन’ कुराकानी गर्ने र अन्य नेताहरुको व्यवस्थापन सहित सहमति गर्न बाँकी अन्य विषयलाई पनि टुङ्ग्याउने सहमति दुई नेताबीच भएको छ।

‘रातभरिमा अन्य कुनै कुराले प्रभाव पारेन भने भोलि विशेष घोषणामार्फत् एकता सम्बन्धी महत्वपूर्ण निर्णय गर्ने सहमति पनि दुई नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘त्यसपछि पर्सि बस्ने एकता संयोजन समितिको बैठकले दुई नेताबीचको सहमतिलाई औपचारिकता दिनेछ।’

यसैबीच एमाले नेता भीम रावलले ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको खुलाएका छन्।

स्रोतहरूका अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्नेछन् भने दोस्रो चरणमा प्रचण्ड प्रधानमन्त्री र ओली अध्यक्ष बन्नेछन्। दुई दुई वर्षका लागि सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमती भएको जनाइएको छ।

निर्वाचनअघि एमाले र माओवादीबीच पार्टी एकता गर्ने घोषणा हुँदा नै पहिलो चरणमा ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष बन्ने भद्र सहमती भएको रिपोर्ट नेपालखबरले लेखेको थियो।

निर्वाचनपछि फेरि एकीकृत पार्टीको अध्यक्षमा ओली र प्रचण्डबीच कुरा नमिल्दा एकता प्रक्रिया लम्बिएको विश्वास गरिएको थियो। जसलाई बारम्बार गोप्य भेटभाट गर्दै आएका दुवै अध्यक्षले चाहिँ अस्वीकार गरिरहेका थिए। 

 

 

 

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 16:50:57
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।