अमेरिकी उपराष्ट्रपति र जापानी प्रधानमन्त्रीलाई छायाँमा पारेर घर फर्किन् किमकी बहिनी

ओलम्पिकमा उत्तर कोरियाले यसरी जित्यो ‘कूटनीतिक स्वर्णपदक’




राष्ट्रपति मुन र किम यो जोङ
राष्ट्रपति मुन र किम यो जोङ
फाइल फोटो

दक्षिण कोरियाको प्योङचाङमा हिउँदे ओलम्पिकको उद्घाटन समारोह चल्दैथियो। अतिथि गणमा अमेरिकी उपराष्ट्रपतिदेखि जापानी प्रधानमन्त्रीजस्ता हस्ती पनि सामेल थिए। तर सम्पूर्ण क्यामराको लेन्स उत्तर कोरियाली प्रतिनिधिमण्डलकी एक सदस्य तथा किम जोङ उनकी एक मात्र बहिनी किम जो योङमा केन्द्रित थिए। उनको मुस्कान, ताली पिटाइदेखि लिएर हरेक गतिविधि क्यामरामा कैद भइरहेका थिए।

शुक्रबार राती जब दुवै कोरियाको ओलम्पिक टोली एउटै झण्डामुनि मार्च गर्न थाल्यो, सारा रंगशाला उभियो र खुसी व्यक्त गर्दै ताली पिट्यो। राष्ट्रपति मुन र किमले उभिएर एकअर्कासँग हात मिलाए। तर किम यो जोङ नजिकै बसेका अमेरिकी उपराष्ट्रपति माइक पेन्स बसेको ठाउँबाट उठेनन्। उसो त समारोहभरी नै उनी एकदमै एक्लो देखिएका थिए। यस्तो देखियो, उनी दुई कोरियाबीच अचानक देखिएको सम्बन्ध सुधारबाट फिटिक्कै खुसी छैनन् र लामो समयदेखि अमेरिकी गठबन्धनमा रहँदै आएको दक्षिण कोरियाकै अपमान गर्न चाहन्छन्।

पेन्सको यो हर्कतको तीखो आलोचना पनि भयो। त्यसभन्दा बढी उद्घाटन समारोहअघि राष्ट्रपति मुन जे इनले आयोजना गरेको रात्रीभोजमा उनी सहभागी नभएकोमा उनको आलोचना भयो। दुई कोरियाबीचको न्यानो सम्बन्ध नरुचाएको पुष्टि गरेर पेन्सले एउटा मौका गुमाएको विश्लेषकहरुले टिप्पणी गरे।

ओलम्पिकमा पेन्सजत्तिकै दुःखी अर्का व्यक्ति देखिएः जापानी प्रधानमन्त्री सिन्जो आबे। उद्घाटन समरोहमा ‘असहज देखिएका’ आबेले राष्ट्रपति मुनलाई ओलम्पिक लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु गर्नुपर्ने सुझाए। आबेको यस्तो टिप्पणीपछि मुनले झर्केर ‘आन्तरिक मामिलाको विषयमा’ आबेले नबोल्नु नै राम्रो हुने उत्तर दिए।

यसको ठीक उल्टो ३० वर्षीया किम यो जोङको भ्रमण भने अत्याधिक सफल देखियो। उनी जहाँजहाँ पुगिन्, पत्रकार र क्यामराले उनलाई पच्छ्याए। दक्षिण कोरियाको तीन दिने भ्रमणको क्रममा उनी नै सम्पूर्ण चर्चाको केन्द्र बनिन्।

राष्ट्रपति मुन जे इनले शनिबार किमलाई राष्ट्रपति भवनमा स्वागत गरे। त्यहाँ उनले मुनलाई आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनले पठाएको पत्र हस्तान्तरण गरिन् र मौखिक रुपमा पनि शिखर वार्ताका लागि निमन्त्रणा दिइन्।

उनी मुनसँगै उत्तर र दक्षिण कोरियाली संयुक्त हक्की टोलीको खेल हेर्न पुगिन्। सो खेलमा संयुक्त टोली स्वीट्जरल्याण्डसँग ८–० को अन्तरले पराजित भयो।

त्यसपछि दक्षिण कोरियाली एकता मन्त्रीले आयोजना गरेको भोज र प्रधानमन्त्रीले आयोजना गरेको भोजमा समेत सहभागी भइन्। विश्लेषकहरुले उनको केशविन्यास, कपडा, मेकअपदेखि लिएर गालाको दागसम्मको चर्चा गरे। राष्ट्रपति भवनको अतिथि पुस्तिकामा उनले ‘प्योङयोङ र सोल मानिसको मनमुटुमा निकट रहेको’ सन्देश लेखेपछि सामाजिक सञ्जालमा उनको अनौठो अक्षरको चर्चा भयो।

१९८७ मा जन्मेकी किमले दाजु किम जोङ उनजस्तै स्वीट्जरल्याण्डमा अध्ययन गरेकी थिइन्। पिता किम जोङ इलका चार पत्नीका सन्तानमध्ये किम यो जोङ सबैभन्दा कान्छी हुन्। गत वर्षमात्र उनलाई वर्कर्स पार्टीको पोलिटब्युरोमा बढुवा गरिएको थियो। उत्तर कोरियाका आलंकारिक राष्ट्रप्रमुख किम यो नामसहित भ्रमण सकेर उनी आइतबार देश फर्किइन्। तीन दिने भ्रमणका क्रममा किमले राष्ट्रपति मुनलाई चार पटक भेटिन्।

घर फर्किनुअघि मुनका चिफ अफ स्टाफले उत्तर कोरियाली टोलीको सम्मानमा सोलमा आइतबार साँझ विदाइ भोजको आयोजना गरे। ‘मैले यसरी अचानक दक्षिण कोरियाको भ्रमण गरुँला भन्ने कहिल्यै सोचेकी थिइनँ, त्यसैले धेरै चीज अनौठो र भिन्न होला भन्ने सोचेकी थिएँ। तर यहाँ धेरै चीज उस्तै पाएँ,’ उनले आइतबारको रात्रीभोजमा परिचित अनुहारहरुलाई प्योङयोङ देख्न पाउने अपेक्षा पनि व्यक्त गरिन्।

त्यसअघि उत्तर कोरियाली अर्केस्ट्राले गरेको कन्सर्टका क्रममा किमले दक्षिण कोरियाली प्रथम महिला किम जङ सुकलाई ‘सँधै स्वस्थ रहन र राष्ट्रपतिसँगै प्योङयोङ भ्रमणमा आउन’ पनि आग्रह गरिन्।

न्युयोर्क टाइम्सले अमेरिकी उपराष्ट्रपतिको ‘स्पटलाइट’ किमले लिएको विश्लेषण गरेको छ भने सिएनएनले उनले भ्रमणका क्रममा ‘दर्शकको मन जितेको’ बताएको छ। दक्षिण कोरियाली सञ्चारमाध्यममा उनलाई ‘उत्तर कोरियाकी इभान्का ट्रम्प’ को रुपमा प्रस्तुत गरिएको छ।

यस्तोमा नयाँ वर्षको पूर्व सन्ध्यामा दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने घोषणा गरेर सबैलाई चकित तुल्याएका किम जोङ उन कूटनीतिक रुपमा सफल देखिएको विश्लेषकहरुले बताएका छन्। ओलम्पिक प्रतिनिधिमण्डलमा आफ्नै बहिनी पठाउने उनको निर्णय पनि एकदमै सही साबित भएको छ। त्यसैले उत्तर कोरियाली टोलीले हिउँदे ओलम्पिकमा खेल हारे पनि ‘कूटनीतिको स्वर्णपदक’ जितेको छ।

केहीले यस्तो हार्दिक व्यवहारबाट किमले आफ्नो क्रुर मुहार छोप्न खोजेको आरोप लगाएपनि बहुसंख्यक दक्षिण कोरियालीहरुमा शान्तिको आशा पलाएको छ। तर तीतो यथार्थ के छ भने उत्तर र दक्षिण कोरियाली जनताले चाहँदैमा कोरियाली प्रायःद्वीपमा शान्ति आइहाल्न निकै मुस्किल छ। ओलम्पिकको मनोरम अवसरमा समेत सो क्षेत्रका भू–राजनीतिमा लामो समयदेखि खेल्दै आएका शक्ति राष्ट्रका नेताहरुको अँध्यारो अनुहारले यही कुराको संकेत गर्दछ।

प्रकाशित २९ माघ २०७४, सोमबार | 2018-02-12 13:47:38
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विदेशमा गैरकानुनी रुपमा थुपारिएको सम्पत्ति सम्बन्धी सीआइजे नेपालले प्रकाशित गरेको रिपोर्टसँगैको कार्टुन

    जसले तिब्बतसँग युद्ध गर्न लगेको साढे दुई करोड फिर्ता गरेनन्

    तिब्बतसँग युद्धका लागि हतियार किन्न चन्द्रशम्शेरले २ करोड ५० लाख रुपैयाँ तत्कालिन प्रधानसेनापति भीमशम्शेरलाई दिए। तिब्बतसँग युद्ध टरेपछि हतियार...

  • एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा(बीच) लगायत पदाधिकारीहरु

    बेरूजुको तीन करोड रुपैयाँ खोज्दै एन्फा

    अखिल नेपाल फुटबल संघ(एन्फा)ले अघिल्लो प्रशासनले दिएको झण्डै तीन करोड पेश्की रकम खोजी गर्ने कार्यलाई तीव्रता दिएको छ।

  • टुँडिखेलमा रहेको श्री ३ रणोद्दीप सिँहको सालिक

    राणाकालीन त्यो ‘विष्ट-संहार’ जसपछि काजी खलकले सुन्दैन स्वस्थानी व्रतकथा

    काजी बिष्ट खलकले त्यही बर्षदेखि आफ्नो परिवारमा स्वस्थानी वाचन र श्रवण गर्ने काम थालेको थियो। तर, त्यही बर्ष बिष्ट परिवार राणाहरुविरुद्धको...

  • नर्स र बिरामीकाे सांकेतिक तस्विर

    पुतली सडकका ठगको फन्दामा एउटी नर्सको क्यानडा सपना

    काठमाडौंको एउटा कलेजबाट बिएस्सी नर्सिङको पढाई पूरा गरेकी सिन्धुपाल्चोककी मनिषा (नाम परिवर्तन) थप अध्ययनका लागि क्यानडा जाने सोचमा थिइन्।