एमाले–माओवादीले मुख्यमन्त्रीको टुङ्गो १४ माघमा लगाउने




प्रदेश सरकार निर्माण सम्बन्धी एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले १४ माघमा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ। आज बसेको कार्यदलको बैठकले सम्पूर्ण विषय आगामी बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको हो।

NIC ASIA

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले संघीय मन्त्री मण्डल भन्दा प्रादेशिक मन्त्री मण्डल ठूलो हुने देखिएकाले त्यसको संख्या घटाउन पहल गर्ने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए।

आजको बैठकमा कार्यदलका सदस्य रहेका एमाले नेताद्वय सुरेन्द्र पाण्डे र सुवाषचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए। तर, बादल पनि लामो समय बसेनन्। यसैगरी एमालेका शंकर पोखरेल र माओवादी केन्द्रका बर्षमान पुन र मातृका यादवपनि उपस्थित थिएनन्।

प्रदेशमा १० प्रतिशत मान्त्री

वाम कार्यदलको बैठकले प्रदेश सरकारमा १० प्रतिशतमात्रै मन्त्री बनाउने सहमति गरेको छ। संविधानले प्रदेशमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने व्यवस्था गरे पनि देशभरि मन्त्रीको संख्या धेरै हुने भएकाले १० प्रतिशतमात्रै मन्त्री बनाइने सहमति भएको हो।

प्रदेशमा सरकार मुख्यमन्त्री सहित १० प्रतिशत भन्दा बढी मन्त्री नबनाइने नेता पाण्डेले बताएका छन्। वाम गठबन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार गठन गर्ने समेत उनले बताए। 

 

 

प्रकाशित ११ माघ २०७४, बिहिबार | 2018-01-25 15:34:41
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...