देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?


Infocus



प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा
प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा
NIC ASIA

बुधबार नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुको शपथ ग्रहणमा नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए। राष्ट्रपति भवनको प्रभाष हलमा भएको शपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसका मन्त्रीहरु पनि देखिए।

यसैगरी सम्बैधानिक अंगका प्रमुखहरुलाई पनि शपथग्रहण कार्यक्रममा बोलाइएको थियो। यसबाहेक श्रीलङ्का भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीबाहेक अन्य सुरक्षा निकायका प्रमुखहरु पनि शपथग्रहण कार्यक्रममा सहभागी थिए।

तर, राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चाहिँ बालकोट स्थित ओली निवासमा लामो वार्तामा थिए।

जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो। आखिर प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित शपथ ग्रहण कार्यक्रममा ओली–प्रचण्ड किन गएनन्?

के सरकारले एक पक्षीय रुपमा नियुक्त गरेका प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम भएकाले त्यसलाई टार्नकै लागि ओली र प्रचण्ड तीन घण्टा गोप्य वार्तामा बसेका हुन्? शपथ ग्रहण कार्यक्रममा नदेखिएपछि हामीले यो प्रश्नको जवाफ खोतल्ने प्रयास गर्‍यौं।

खोजीनीति गर्दा थाहा भयो, ओली र प्रचण्डलाई शपथ ग्रहण कार्यक्रमका लागि राष्ट्रपति कार्यालयमा बोलाइएकै रहेनछ। प्रधानमन्त्री देउवा समेत उपस्थित प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा कार्यक्रममा किन बोलाइएन त ओली र प्रचण्डलाई?

यसको कारण मर्यादाक्रम नमिल्ने भएकाले रहेछ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, पूर्व प्रधानमन्त्री नै भएपनि मर्यादाक्रममा माथि भएकाले प्रदेश प्रमुखहरुको शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्रीद्वय ओली र प्रचण्डलाई नबोलाइएको हो।

पछिल्लो मर्यादाक्रम अनुसार राष्ट्रपति र उपराष्ट्रपति क्रमश पहिलो र दोस्रो मर्यादाक्रममा छन् भने त्यसपछि प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व राष्ट्रपति र वहालवाला उपप्रधानमन्त्री छन्।

मर्यादाक्रमको सातौं नम्बरमा मन्त्री, विपक्षी दलको नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, उपसभामुख र पूर्व सभामुख छन्। प्रदेश प्रमुखको मर्यादाक्रम निर्धारण नगरिएपनि सम्भवत उनीहरु मन्त्री भन्दा माथि, तर उपप्रधानमन्त्री भन्दा तल रहनेछन्।

‘माथिल्लो मर्यादाक्रममा रहेका, तर पदीय हिसावले ‘पूर्व भइसकेका’ व्यक्तित्वलाई तल्लो मर्यादाक्रमको व्यक्तिको शपथग्रहण कार्यक्रममा बोलाउने प्रचलन छैन’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘यही परम्परा अनुसार उहाँहरुलाई निम्तो नदिइएको हो।’

यद्यपी, मर्यादाक्रमको माथिल्लो तहमा भएपनि बहालवाला अधिकारीहरु चाहिँ यस्ता कार्यक्रममा बोलाइन्छन्। जस्तो शुक्रबारको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रधानन्यायाधिस गोपालप्रसाद पराजुली लगायत सहभागी भएका थिए।

प्रकाशित ५ माघ २०७४, शुक्रबार | 2018-01-19 20:06:48
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।