एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह


Infocus



नेपालगञ्जस्थित सोल्टी होटलमा शाह
नेपालगञ्जस्थित सोल्टी होटलमा शाह
फाइल फोटो
NIC ASIA

तीन हप्ता भन्दा लामो नेपालगञ्ज बसार्इंपछि पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौं फर्केका छन्।

श्री एयरलाइन्सको उडानबाट उनी साढे दुई बजे काठमाडौं आइपुगेका हुन्। 

परिवारका सबै सदस्य यसअघि नै काठमाडौं फर्किसकेकाले पूर्व राजा शाह एक्लै काठमाडौं फर्केका हुन्।

१३ पुषमा नेपालगञ्ज प्रस्थान गर्दा पूर्वराजाका साथमा पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा लगायत थिए।

त्यसमध्ये जेठी छोरी पूर्णिकालाई ब्याङ्कक पुर्‍याउनु पर्ने भएकाले १९ पुषमा नै काठमाडौं फर्किसकेकी थिइन्।

‘त्यसबाहेक कोमल र प्रेरणापनि बीचैमा काठमाडौं फर्किसकेका थिए’ निर्मल निवास स्रोतले भन्यो, ‘त्यसैले उहाँ एक्लै फर्कनुभयो।’

नेपालगञ्ज बसार्ईका क्रममा पूर्वराजा कैलाली, सुर्खेत, दाङ लगायतका जिल्लाका धार्मिक केन्द्रहरुमा पुगे।

त्यसबाहेक उनी भारतको लखनउपनि पुगे, जहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।

मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

उनी आफ्नो समेत लगानीमा नेपालगञ्जमा खोलिएको सोल्टी होटलको उदघाटन र व्यापार बृद्धिका लागि त्यसतर्फ गएका थिए।

तीन हप्ता लामो बसाईंमा उनले नेपालगञ्जलाई केन्द्र बनाएका थिए। 

प्रकाशित ५ माघ २०७४, शुक्रबार | 2018-01-19 19:36:13
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुवा सांकेतिक तस्विर

    म्हेपीका असईले पाँच लाख लुटेको ‘उजुरी’ अपराध महाशाखामा

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खराब प्रहरीलाई टिपेर फ्याक्ने चेतावनी दिइरहेका बेला काठमाडौंमै कार्यरत एकजना असईले जुवा खालबाट पैसा लुटेको...

  • सन्दीप बिबिएलमा मेलबर्न स्टार्स टोलीसँग अावद्ध भएका छन्

    सन्दीपको सपना पूरा भएको दिन

    इण्डियन प्रिमियर लिग(आइपीएल)मा सनसनी मच्चाएर स्वदेश फर्केपछि सञ्चारकर्मीहरुको प्रश्न सन्दीप(लामिछाने)लाई थियो, अब तपाईको ‘बिगबास लिग’ खेल्ने सपना...

  • हङकङ–मकाउ–चुहाई जोड्ने विश्वकै लामो सामुद्रिक पुल

    खुल्दैछ विश्वकै लामो यो समुद्रपार पुल, जहाँ हङकङका पाँच हजार नेपालीले पसिना बगाए

    ‘रगत र पसिनाको परियोजना’ मानिएको यो मेगा प्रोजेक्ट सम्पन्न गर्ने क्रममा एक जना नेपाली सहित १० जनाको ज्यान गएको छ। त्यस्तै ६०० बढी घाइते भएका छ्न्,...

  • हङकङमा दशैं टीका लगाएर घुम्न निस्केका दुई युवती

    हङकङमा जब दशैं विवाद सुरु हुन्छ ...

    हङकङमा जब दशैं विवाद सुरु हुन्छ तब सुरुङमा लुकेको एउटा झुन्ड साँप्रा ठटाउँदै र जिब्रो पड्काउँदै निस्किहाल्छ। र, पर्दा पछाडी लुकेर ढुङ्गा हान्न थाल्छ।