प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सहमति खोज्ने प्रयास भइरहेको छ: देउवा




प्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्ने विषयमा दलहरुबीच सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने,'सहमति खोज्ने प्रयास आफूले गरिरहेको छु तर सहमति जुट्ला जस्तो छैन।' 

उनले काठमाडौँ फर्केर आफूले यी विषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिए। 

प्रधानन्त्री देउवाले राष्ट्रियसभाको चुनाव गराएर मात्र सरकार छोड्नुपर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको समेत स्पष्ट पारे।रासस

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 20:07:01



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नेपाली वाणिज्य दूतावास ल्हासाले केरुङमा अायाेजना गरेकाे बैठकका सहभागी

    चीनले माग्यो नेपालबाट निर्यात हुने कृषि उत्पादनको सूची

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको सूची चिनियाँ कृषि मन्त्रालयलाई उपलब्ध गराइदिन चीनले आग्रह गरेको छ।

  • प्राध्यापक पराग पाठक

    एमआईटी प्राध्यापक पाठक नोबेल पुरस्कारका दाबेदार

    ब्लुम्बर्गको डाटा विश्लेषणअनुसार यो अवार्ड पाउने तीन मध्ये एक जनाले अर्थशास्त्रको नोबेल पुरस्कार जित्ने गरेका छन्।

  • डेपुटी गभर्नर श्रेष्ठ

    अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

    डेपुटी गभर्नर श्रेष्ठमाथि नेपाल बंगलादेश बैंक र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप छ।