छिन्ताङको नाममा एमाले-माओवादीले राजनीति नगरुन् भनेर १६ जनालाई शहीद घोषणा गराएँ: सुनिल थापा




सुनिलबहादुर थापा
सुनिलबहादुर थापा
फाइल फोटो
NIC ASIA

सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा २०३६ कार्तिक अन्तिम साता धनकुटाको छिन्ताङमा प्रहरीद्वारा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा आफूले लगेको दावी उद्योगमन्त्री समेत रहेका स्व थापापुत्र सुनिलबहादुर थापाले गरेका छन्। छिन्ताङमा मारिएका १६ जनालाई ३८ वर्षपछि शहीद घोषणा गर्नु पर्ने अवस्था कसरी आयो? यो प्रश्नको सेरोफेरोमा नेपालखबरले मन्त्री थापासँग गरेको संक्षिप्त वार्ताः 

तपाईंको बुबा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २०३६ सालमा १६ जना निहत्था नागरिक छिन्ताङमा मारिए। ३८ वर्षपछि आएर अहिले तपाईं मन्त्री रहेको मन्त्री परिषदले उनीहरुलाई शहीद घोषणा गर्ने अवस्था कसरी आयो? 
यसमा मलाई अप्ठेरो छैन, बरु खुसी पो छु। उनीहरुलाई शहीद घोषणा गर्ने प्रस्ताव मैले नै मन्त्री परिषदमा लगेको हुँ। छिन्ताङमा मारिएका ती १६ जना र माओवादी द्वन्द्वकालमा मारिएका ५ जनालाई शहीद घोषणा गर्ने प्रस्ताव दुई हप्ता अघि मैले पेश गरेको थिएँ। आज त्यसलाई मन्त्री परिषदले पारित गर्दा आफ्नो प्रयास सफल भएको ठानेको छु।

बाबुका पालामा मारिने, छोराले शहीद घोषणा गर्ने, यो अलि अनौठोजस्तो देखियो त? 
अनौठो मान्नुपर्ने कारण छैन। जो मारिए, उनीहरु हिजोको राज्यव्यवस्थाविरुद्ध लागेका थिए। उनीहरुले राज्यविरुद्ध हतियार उठाएका थिए। त्यसैक्रममा उनीहरु मारिए। यो हिजोको कुरा भयो। तर हामी अहिले नयाँ राजनीतिक परिस्थितिमा छौं। मुलुकमा राजनीतिक परिवर्तन भइसकेको छ। राजनीतिक परिवर्तनका क्रममा जो मारिए, त्यसलाई शहीद मान्नु पर्छ। त्यही भएर मैले शहीद घोषणा गरिनुपर्छ भनेर प्रस्ताव लगेको हुँ।

बाबुले गरेको ‘कर्म’ प्रति छोराको पश्चाताप भन्न मिल्छ?
मिल्दैन। यसको राजनीतिक सन्दर्भ मैले भनिसकें। यसमा बुबा दोषी हुनुहुन्न।

त्यसो भए, बुबा जीवित छँदै पनि तपाईं मन्त्री हुनुहुन्थ्यो। उतिबेला नगरेर अहिले किन शहीद घोषणाको प्रस्ताव लैजानु भयो त?
खासमा छिन्ताङमा के भएको हो, मलाई थाहा थिएन। अहिलेपनि मलाई धेरै कुरा थाहा छैन। किनभने, बुबा राजनीतिमा भएपनि मेरो पृष्ठभूमि राजनीतिक होइन। म पछिमात्र राजनीतिमा आएको व्यक्ति हुँ।

उनीहरुलाई शहीद घोषणा गर्न के कुराले उत्प्रेरित गर्‍यो त?
चुनाव लड्ने क्रममा यस पटक म छिन्ताङतर्फ जाँदै थिए। त्यहाँ मलाई प्रवेश गर्नै नदिने योजना रहेछ। छिन्ताङ प्रवेश गर्ने बाटोमा एउटा ठूलो रातो ब्यानर टाँगिएको रहेछ। त्यसमा तीन कुरा लेखिएका थिए।

एक, छिन्ताङ हत्याकाण्डको न्यायिक जाँच होस्। दुई, छिन्ताङमा मारिएका शहीदका परिवारलाई क्षतिपूर्ति दिइयोस्। र, तीन, छिन्ताङ हत्याकाण्डका हत्याराहरु खोजी गरी कार्वाही गरियोस्।

हो, मैले चुनावमा पराजय बेहोरें। चुनावपछि म काठमाडौं फर्कें। त्यो घटनाको बारेमा बुझबुझारथ गरें। त्यसपछि प्रस्ताव तयार पारेर लगेको हुँ। बुबा छँदै पनि यो कुरा थाहा पाएको भए मैले त्यो प्रस्ताव लग्ने थिएँ।

मन्त्री परिषद्को यो निर्णयले सूर्यबहादुर थापामाथि लागेको ‘हत्यारा’ को आरोप पुष्टि भएजस्तो भएन? 
जो जसले उहाँमाथि हत्याराको आरोप लगाए, उनीहरु पटक–पटक सरकारमा पुगे। एमालेबाट मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभयो, माधव नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो।

यदि बुबा हत्यारा हुनुहुन्थ्यो भने किन जीवित छँदै उहाँमाथि कार्वाही गरिएन त? आफ्नो सरकार छँदा उहाँहरु किन चुप बस्नुभयो? कार्वाही त परै जाओस्, उहाँहरुले शहीद घोषणा पनि गर्नु भएन। वास्तविकता यही होइन?

छिन्ताङ जानबाट मलाई रोक्न टाँगिएको त्यो ब्यानरमा ‘हत्यारालाई कार्वाही गर’ लेखिएको थियो। न्यायिक छानविनको माग गरिएको थियो। बुबाको स्वर्गवास भइसकेको थियो। त्यो कुरा उनीहरुलाई थाहा नभएको होइन। स्वर्गवास भइसकेको मान्छेलाई कार्वाही गर्न मिल्छ?

न्यायिक छानविनको माग गर्नुपर्छ भन्नुको मतलव, त्यो घटनामा को दोषी हो भन्ने यकिन नभइसकेको अवस्था हो। बुबा त परलोक भइसक्नु भयो, हत्यारा त यहीँ रहेछन् नि। त्यसैले त हत्यारालाई कार्वाही होस् भन्ने माग गरिएको होला।

मन्त्री परिषदमा प्रस्ताव लैजानुअघि छिन्ताङ हत्याकाण्डबारे केही न केही बुझबुझारथ त गर्नुभयो होला। के पाउनु भयो?
राज्यव्यवस्थाविरुद्ध बिद्रोह गरेकाले राज्यले आफ्नो जिम्मेवारी अनुसार कार्वाही गर्‍यो। त्यसक्रममा ज्यादति अवश्य भयो होला। केही मानिस मारिए। त्यसपछि गाउँलेहरु डराए, भागे। त्यसक्रममा कोही मानिस भीरबाट लडेका रहेछन्, कोही नदीमा हाम्फालेछन्।

जो मारिए, सबैलाई राज्यले मारेको होइन। डरले गर्दा भाग्दाभाग्दै लडेर, डुबेर उनीहरुको मृत्युभयो। उनीहरुप्रति राज्यले न्याय गर्नुपथ्र्याे। त्यही सोचेर मैले शहीद घोषणाको प्रस्ताव लगेको हुँ।

तर एमाले–माओवादीले उनीहरुलाई शहीद घोषणा गरेनन्। उनीहरुले सँधै यो विषयलाई नारा बनाइरहे, छिन्ताङका नाममा राजनीतिमात्र गर्न चाहे। अब त्यो नहोस् भनेरपनि मैले यो निर्णय गराएको हुँ।

 

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 19:38:32
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...