योगेश भट्टराई भन्छन्ः देउवाले बुझ पचाए, आयोगले हलो अड्कायो

‘देउवाले नक्कली बाँधले आँधी रोक्न नखोजुन्, आयोगले नाटक गर्न छोडोस्’




योगेश भट्टराई
योगेश भट्टराई

नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन्।

‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पुरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो कुरा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होइनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन,’ शुक्रबार रिपोर्टर्स क्लबमा भट्टराईले भने, ‘देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्‍यो।’

‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदाबाजी गरिरहेका छन्, हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ, अनि हामी सरकार बनाउँछौँ भन्दा किन यस्तो सौदाबाजी? आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस्,’ उनले थपे।

उनले नक्कली बाँध बाँधेर आँधीबेहरी छेक्छु भन्ने सपना नदेख्न प्रधानमन्त्री देउवालाई चेतावनी दिए। ‘आँधीबेहरीले नक्कली बाँधहरु सबै भत्काइदिन्छ, खुट्टा टेक्न नसक्नेहरु समाप्त भएर जान्छन्,’ उनले भने। त्यस्तैउनले निर्वाचन आयोगले पनि अब कुनै नाटक मञ्चन गर्न नहुने चेतावनी दिए। उनले भने, ‘अब नाटकको कुनै अर्थ छैन, नुन खाएपछि पदीय जिम्मेवारी पूरा गर्नुहोस्, हामी यही ध्यानाकर्षण गराउन चाहन्छौं।’

भट्टराईले पछिल्लो समय ओली र प्रचण्डजस्ता नेताले विश्राम गर्ने बेला भएको भन्ने टिप्पणीको औचित्य समाप्त भएको पनि बताए। पार्टीको स्थायी कमिटीको बैठकमा बुढापाका नेताहरुले अब विश्राम लिनुपर्छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर आफूले यसअघि नै उठाएको विषयको बारेमा छलफल नै नगरौं भनेर अध्यक्ष केपी शर्मा ओलीले भनेकोले अब त्यो च्याप्टर क्लोज भएको समेत स्पष्ट पारे।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 17:53:01



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रहरी हेडक्वार्टर

    हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग

    संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग...

  • नेपाली क्रिकेटको विवाद अन्त्य, निलम्बन फुकुवाको बाटो खुल्यो

    अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार राजधानीमा भएको विशेष...

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...