भारतीय सेनाप्रमुख भन्छन्ः भारतले आफ्ना छिमेकीलाई चीनसँग नजिकिन दिनु हुँदैन

‘चीन शक्तिशाली देश हो तर हामी पनि कमजोर राष्ट्र होइनौँ’



जनरल विपिन रावत
जनरल विपिन रावत
हिन्दुस्तान टाइम्स

भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले भारतले आफ्ना छिमेकी देशहरुलाई आफूबाट टाढा भएर चीनको नजिक जान दिनु नहुने बताएका छन्। नयाँ दिल्लीमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै रावतले यस्तो बताएका हुन्।

‘भारतले आफ्ना छिमेकीलाई चीनतिर नजिकिने अनुमति दिन सक्दैन,’ चीनले दक्षिण एसियामा प्रभाव बढाएको विषयमा जनरल रावतले भने।

जनरल रावतले आक्रमक बन्दै गएको चीनलाई सिमानामा रोक्न सक्ने क्षमता भारतमा रहेको पनि दाबी गरेका छन्।

‘चीन शक्तिशाली देश हो तर हामी पनि कमजोर राष्ट्र होइनौँ,’ उनले भने, ‘हाम्रो भूमिमा कसैको पनि आक्रमण हुन दिँदैनौँ।’

जनरल रावतले अब देशको उत्तरी सीमामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेको र सिमानामा चीनको आक्रमकतालाई रोक्न भारत सक्षम रहेको बताए। एजेन्सी

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 16:29:45


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...