विश्वप्रकाश अझै गगनसँग कि देउवातिर?




NIC ASIA

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक महिनाजस्तो अघि नेपाली कांग्रेससम्बन्धी एउटा खबरले निकै चर्चा पायो। त्यो खबर थियो– प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा युवा नेता गगन थापालाई नियुक्त गरे।

लामो समयदेखि कांग्रेस पार्टीमा प्रवक्ता पद खाली थियो र देउवाले त्यो सहित अन्य मुख्य मुख्य पद कसलाई जिम्मा लगाउलान भन्ने जिज्ञासा कार्यकर्ताबीच थियो। यस्तो बेला कांग्रेसभित्र मात्रै होइन, नेपालका अधिकांश युवाका ‘राजनीतिक आइकन’ बनेका गगन थापा प्रवक्तामा चयन भएको खबरले चर्चा पाउनु स्वाभाविक थियो।

तर त्यो खबर धेरै दिन रहेन। धेरैले गगन थापालाई प्रवक्तामा नियुक्त भएको खबरबारे जिज्ञासा राखेपछि उनले ‘सभापतिले प्रवक्ता बनाउने भनेर कुराकानी गरेको तर नियुक्त भएको पत्र नपाएको’ जवाफ दिँदै हिंडे।

निर्वाचन सकियो। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम आइरहँदा धेरैले कांग्रेसको ठूलो पराजय भएको निष्कर्ष निकाले। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएकाले प्रत्यक्षतर्फ कांग्रेसको पराजय एक हिसावले स्वाभाविक थियो। तर समानुपातिकको परिणाम बाहिर नआएसम्म कांग्रेसको हार वा अरु पार्टीको जितबारे निष्कर्ष निकाल्नु सायद हतार हुन्थ्यो।

तर कांग्रैसकै कतिपय युवा नेताहरू पनि त्यस्तो निष्कर्षमा पुगे र उनीहरूले कांग्रेस पराजयको दोष थोपर्दै नेतृत्व परिवर्तनको माग गर्न थाले। त्यसरी नेतृत्व परिवर्तनको बहस सिर्जना गर्ने युवाहरूमा स्वाभाविक रुपमा गगन थापा अग्र पंक्तिमा उभिए।

जब देउवाले मंगलबार अप्रत्यासित रुपमा पार्टी प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरे तब कांग्रेस वृत्तमा के चर्चा चल्न थाल्यो भने गगन थापाले नेृतत्व परिवर्तनको बहस चलाएको मूल्य अहिले नै चुकाउनु पर्यो। शर्मा आफै कांग्रेसका प्रभावशाली युवा नेता हुन् र केही दिनअघि मात्र थापासहितका सात जना युवा नेताहरूले नेतृत्व परिवर्तनका लागि महासमिति बैठक बोलाउनु पर्ने माग गर्दै जारी गरेको वक्तव्यमा उनको पनि हस्ताक्षर छ।

निर्वाचनमा ज्ञानेन्द्र बहादुर कार्की बाहेक आफ्ना सहयोगी हस्तीहरू अधिकांश पराजित भएको अवस्थामा कृष्णप्रसाद सिटौला समूहका गगन थापाले सुरु गरेको प्रहारबाट देउवा निकै असन्तुष्ट बनेका थिए। देउवाको असन्तुष्टी आएपछि थापाले पनि आफ्नो ‘टोन डाउन’ गरे र थप युवा नेताहरूसँग मिलेर पहिला ‘विशेष महाधिवेशन’ र पछि ‘केन्द्रिय समिति र महासमिति बैठक बोलाउनु पर्ने’ माग गर्दै वक्तव्य नै जारी गरे।

त्यो एजेण्डामा गगनको साथमा विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, प्रदिप पौडेल र धनराज गुरुङ थिए। युवाहरूको माग संगठीत रुपमै आउन थालेपछि संभवतः देउवाले थप दबाब महशुस गरे र तिनै युवा नेतामध्येका आफु निकटका शर्मालाई प्रवक्तामा नियुक्त गरे। देउवाले सायद आफु निकटका व्यक्तिलाई पद दिने र युवाहरूको संगठीत समूहलाई विभाजित पनि गर्न सकिने देखेर यस्तो कदम चालेका हुन्।

निर्वाचनपछि देउवाले अप्रत्यासित रुपमा प्रवक्तामा शर्मालाई ल्याएपछि थापाले संभवतः राजनीतिक झट्का महशुस गरेका छन्। यद्यपी शर्मा र थापाको रणनीति भने एउटै रहेको छ– विस्तारै पार्टीको मुख्य नेृतत्व लिने।

गगन थापा र उनीसँगै वक्तव्य दिने युवा टिमका लागि भने अब विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको सामुहिक एजेण्डा अगाडि बढाउँछन् कि देवासँगै मिलेर जान्छन् भन्ने हो।

तर शर्माले प्रवक्ता भएपछि बुधबार पार्टी कार्यालय सानेपामा पहिलो पत्रकार सम्मेलन आयोजना गरी ‘कांग्रेस एज होइन, एजेण्डाले चल्ने’ बताएर आफु अब उमेरका आधारमा मात्रै नेतृत्व परिवर्तनको अभियानमा नलाग्ने संकेत दिएका छन्।

निर्वाचनपछि कांग्रेसभित्र अब पुरानो नेतृत्व र शैलीबाट पार्टीले वाम गठबन्धनलाई चुनौती दिन सक्दैन भन्ने महशुस बलियो रुपमा हुन थालेको छ। अहिलेसम्म यसका लागि सबैभन्दा शसक्त अभियान गगन थापासहितको सात जना युवा समूहले नै सुरु गरेको छ।

तर सभापति देउवाले शर्मालाई प्रवक्ता चयन गरेर युवा नेताहरूको नेतृत्व परिवर्तनको अभियान तत्काललाई शिथिल पार्ने प्रयास थालेका छन्।

गगनका समर्थकको ठूलो जमातको प्रश्न फेरिपनि उनैतिर तेर्सिएको छ– अब कांग्रेसको नेतृत्व पविर्तनको अभियान कसरी अगाडि बढ्छ? पार्टी प्रवक्ता बनेका विश्वप्रकाश शर्मा अझै युवा अभियानमै छन् कि देउवातिर?    

 

प्रकाशित २६ पुस २०७४, बुधबार | 2018-01-10 17:52:34
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...