देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’



देउवा र गच्छेदार
देउवा र गच्छेदार

राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसकै नेता विजयकुमार गच्छदार। २०४८ यताका ६ वटै निर्वाचनमा विजय हासिल गरेर यी दुई नेताले ‘डबल ह्याट्रिक’ गरेका छन् ।

बहुदलीय व्यवस्थास्थापनापछिको पहिलो प्रतिनिधिसभा निर्वाचन–२०४८ यता २०५१, ०५६ को निर्वाचनका साथै संविधानसभा निर्वाचन–२०६४ र २०७०मा विजय हासिल गरेका कांग्रेसका अर्का बरिष्ठ नेता रामचन्द्र पौडेल भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएर ‘डबल ह्याट्रिक’ गर्ने अवसरबाट बञ्चित भए।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सम्पन्न निर्वाचनमा विजय हासिल गरेर ‘डबल ह्याट्रिक’ गरे। यस्तै अवसर गच्छेदारले पनि पाएका छन्। तर, देउवा ६ पटक नै नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने गच्छेदारले २०६० मा मधेशी जनअधिकार फोरम र २०७० मा फोरम लोकतान्त्रिक) बाट चुनाव जितेका थिए।

देउवाले ६ वटै चुनाव आफ्नो गृहजिल्ला डडेलधुराबाट जितेका हुन् भने गच्छेदारले २०४८ मा सुनसरी–२ बाट जितेका थिए। १७ हजार ७ सय ७५ मत ल्याएर गच्छेदारले जित्दा उनले अहिलेजस्तै महिला प्रतिद्वन्द्वी पाएका थिए, एमालेकी लीला श्रेष्ठ सुब्बा। सुब्बाले १५ हजार ८ सय ८५ मत ल्याएक थिइन्।

२०५१ को चुनावमा त्यसै क्षेत्रबाट २१ हजार ९ सय ६३ मत ल्याएर विजेता बनेका गच्छेदारका निकटतम प्रतिद्वन्द्वी एमालेका कुलदीप पेशकर थिए। पेशकरले १० हजार ७ सय ८ मत पाएका थिए। २०५६ मा पनि त्यसैक्षेत्रबाट उम्मेदवार बनेर विजय हासिल गर्दा २७ हजार ५ सय २७ मत ल्याएका गच्छेदारका निकटतम प्रतिद्वन्दी एमालेका रेवतीरमण भण्डारीले २३ हजार ३ सय ३९ मत पाए।

पहिलो संविधान सभा चुनावताका कांग्रेस छाडेर फोरम प्रवेश गरेका गच्छेदारले सुनसरी–३ बाट प्रतिस्पर्धा गरे। त्यो चुनावमा उनी २३ हजार ७ सय ६९ मतका साथ विजयी भए। कांग्रेसका अगमलाल चौधरी १० हजार ८ सय ६ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने। यो निर्वाचनमा गच्छेदारले मोर–७ मा पनि कांग्रेसका शेखर कोइरालालाई पराजित गरी विजय हासिल गरेका थिए।

२०७० को निर्वाचनमा चाहिँ उनी आफै नेतृत्वको फोरम लोकतान्त्रिक) को उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए। अहिलेजस्तै त्यो निर्वाचनपनि गच्छदारका लागि निकै प्रतिस्पर्धापूर्ण रह्यो। ३ सय ६१ मतलेमात्र एमाले उम्मेदवार चौधरीलाई पराजित गरेका गच्छेदारले १७ हजार ५ सय २४ मत पाउँदा चौधरीले १७ हजार १ सय ६२ मत पाएकी थिइन्।

२०६४ र २०७० को चुनावमा क्रमशः कञ्चनपुर–४ र कैलाली–६ बाट विजय हासिल गरेका प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेलधुराबाट डबल ह्याट्रिक गरेका हुन्। यो निर्वाचनमा देउवाले २७ हजार ४४ मतका साथ विजयी भए। देउवाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले २१ हजार १ सय १५ मतमात्र पाए।

२०७० र २०६४ को चुनावमा पनि देउवाले माओवादीका भट्टलाई नै पराजित गरेका थिए। २०७० मा २३ हजार ९ सय २० मतका साथ देउवा विजयी हुँदा भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए। २०७० मा देउवा २० हजार ५ सय २९ मतका साथ विजयी हुँदा भट्ट नै १९ हजार १ सय ६१ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए।

२०६४ यतामात्र होइन, गृहजिल्ला डडेलधुरामा देउवाले २०४८ यतादेखि नै विजय हासिल गर्दै आएका छन्। सँधै एउटामात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा २०४८ को आम निर्वाचनमा देउवा २४ हजार ५ सय ७० मतका साथ विजयी भएका थिए। देउवाका निकटतम प्रतिद्वन्द्वी एमालेका गोबिन्द्रप्रसाद कलौनी थिए, जसले ६ हजार ६ सय २८ मत पाए।

२०५१ को निर्वाचनमा पनि देउवाले बाजी मारे। उनी २० हजार ७ सय १ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी खेमराज भट्ट ‘मायालु’ ले ९ हजार ९ सय ६६ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए। मायालु त्यो निर्वाचनमा रामराजाप्रसाद सिंहको नेपाल जनवादी मोर्चाका उम्मेदवार बनेका थिए। र,उनलाई एमालेले समर्थन गरेको थियो।

२०५६ को निर्वाचनमा पनि डडेलधुराबाट विजय हासिल गर्दा उनले पहिलो ह्याट्रिक पुरा गरेका थिए। त्यो बेला देउवा निकै ठूलो मतान्तरका साथ विजयी भए। २८ हजार ६ सय ५१ मतका साथ पहिलो ह्याट्रिक पुरा गरेका देउवाका निकटतम प्रतिद्वन्द्वी एमालेका बागेश्वरीदत्त चटौत थिए। चटौत ७ हजार ४ सय ८० मतका साथ देउवाका निकटतम प्रतिद्वन्द्वी थिए।

‘डबल ह्याट्रिक’ को अवसर नेमकिपाका नारायणमान बिजुक्छेलाई पनि मिल्दो हो, यदि उनी यो निर्वाचनमा उम्मेदवार बनेको भए। किनभने, उनले उम्मेदवार दिँदै आएको भक्तपुर–१ मा पनि यसपटक नेमकिपाले नै जितेको छ। त्यसैले भक्तपुर–१ बाट नेमकिपाले मात्र ह्याट्रिक गरेको छ, बिजुक्छे चाहिँ चुनावी मामिलाबाट अलग भएका छन्।

‘डबल ह्याट्रिक’ को अबसरको अवसरबाट चाहिँ कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चुकेका छन्। तनहुँ–१ बाट पराजित भएका उनी दुई संविधान सभा निर्वाचन र त्यसअघिका तीनवटै प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए। २०४८ मा तनहु–१ बाट विजयी उनले २०५१ र ०५६ मा तनहुँ–२ बाट विजय हासिल गरी ह्याट्रिक पुरा गरेका थिए।

संयोगबस, यतिबेला प्रधानमन्त्री देउवा छन् भने गच्छेदार उपप्रधानमन्त्री। र, दुबैलाई ‘डबल ह्याट्रिक’ को अवसर जुरेको छ। पौडेल भने ‘सिङ्गल ह्याट्रिक’ मा सिमित हुन पुगेका छन्। 

प्रकाशित २७ मंसिर २०७४, बुधबार | 2017-12-13 12:16:10


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।