स्याङ्जा: जसले चुन्यो महिला मेयर, महिला जिल्ला संयोजक र अहिले महिला सांसद



अर्याल, सुन्दास र क्षेत्री
अर्याल, सुन्दास र क्षेत्री

स्थानीय तह निर्वाचनमार्फत् महिला नगरप्रमुख चुनेको पहाडी जिल्ला प्रतिनिधि सभामा पनि महिला सदस्य चुनेर पठाएपछि स्याङ्जा प्रतिनिधित्वको सवालमा महिला मैत्री जिल्ला बन्न पुगेको छ। उपप्रधानमन्त्री गोपालमात्र श्रेष्ठलाई पराजित गर्दै एमालेकी पद्मा अर्यालले विजय प्राप्त गर्नुअघि स्याङ्जाबाट जिल्ला समन्वय समिति र नगरप्रमुखमा पनि महिला नै चुनिएका थिए।

पहिलो चरणको अन्तर्गत बैशाख ३१ गते भएको निर्वाचनमा पुतलीबजार नगरपालिकाबाट एमालेकी सीमाकुमारी क्षेत्री निर्वाचित भएकी थिइन्। नेपालको इतिहासकै दोस्रो महिला उपप्रमुख बनाएको यो जिल्लाले लगत्तै जिल्ला समन्वय समितिको निर्वाचनमा पनि संयोजक महिलालाई नै बनायो। एमालेकी सीता सुन्दासले जिल्ला समन्वय समितिको पहिलो महिला संयोजक बनाएर रुेकर्ड कायम गरिन्।

त्यस्तै रेकर्ड यो जिल्लाले प्रतिनिधि सभा निर्वाचनमार्फत् पनि बनाएको छ। इतिहासमै पहिलो पटक बहालवाला उपप्रधानमन्त्रीलाई पराजित गर्ने पहिलो महिला उम्मेदवारको रेकर्ड पद्मा अर्यालले बनाएकी छन्। स्याङ्जा–२मा श्रेष्ठलाई ३ हजार ७ सय ५ मतान्तर पराजित गर्दै अर्यालले विजय हासिल गरिन्। ३५ हजार १ सय ४१ मत पाएकी अर्यालका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ३१ हजार ४ सय ३६ मतमात्र प्राप्त गरे।

यसरी नगरप्रमुख जिल्ला प्रमुख र संसद गरी तीनै निकायमा महिलालाई पठाएर यो जिल्लाले नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यस्तै रेकर्ड यो जिल्लाले राखेको थियो। उपप्रधानमन्त्री श्रेष्ठलाई पराजित गरेकी अर्याल एमालेको पहिलो जिल्ला अध्यक्ष बन्न सफल भएकी थिइन्।

प्रकाशित २७ मंसिर २०७४, बुधबार | 2017-12-13 07:24:08

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश प्रमुखको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री देउवा

    देउवा सहभागी प्रदेश प्रमुखको शपथमा ओली र प्रचण्ड किन गएनन्?

    जतिबेला राष्ट्रपति भवनमा प्रदेश प्रमुखहरुको शपथग्रहण कार्यक्रम सकियो, ठ्याक्कै त्यही समय बालकोटमा ओली–प्रचण्डबीचको तीन घण्टा लामो वार्तापनि सकियो।

  • नेपालगञ्जस्थित सोल्टी होटलमा शाह

    एक्लै काठमाडौं फर्के पूर्वराजा ज्ञानेन्द्र शाह

    मध्यपश्चिम र सुदुर पश्चिमको भ्रमण भनिएपनि शाहको यसपटकको भ्रमण धार्मिक–व्यापारिक प्रयोजनका लागि थियो।

  • मुख्यमन्त्री र सभामुख साटासाट गर्न एमालेलाई माओवादी प्रस्ताव

    राष्ट्रिय सभाको सिट संख्या बाँडफाँट टुङ्ग्याएपछि एमाले माओवादी केन्द्रले प्रदेश प्रमुख चयनको गृहकार्य सुरु गरेका छन्। मुख्यमन्त्रीलाई प्रमुख पद...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुखलाई सपथ

    राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त भएका साट वटै प्रदेशका प्रदेश प्रमुखहरुलाई शपथ गराएकी छिन्।