बाबुरामका मामा भन्छन्ः भाञ्जाको जीत हर्ष न बिस्मात!

‘नयाँ शक्तिको दुलाहालाई कांग्रेसीले बोके, जिताए तर केही फाइदा हुनेछैन’




बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने
बाबुराम भट्टराईका मामा चन्द्रप्रसाद न्यौपाने

‘आज त खुब भाञ्जा (बाबुराम) लाई बोकेर हिँडिएको छ होइन?’ डा. बाबुराम भट्टराईका मामा गोरखा छोप्राकका पुराना कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेलाई साथीले सोधेपछि उनको जवाफ थियो, ‘व्रतबन्ध गरियो अब काशी लैजान लागेको।’ काशी पठनपाठनका लागि लैजाने प्रचलन नेपालीहरुमा केही वर्षअघिसम्म जीवित थियो।

रुखबाहेक अरु चिन्हमा भोट नदिने सार्वजानिक घोषणा गरेका चन्द्रप्रसादले मंसिर १० गते रुखमा मात्रै भोट दिएछन्। नेपालखबरसँग आज गोरखामा कुराकानी गर्दै न्यौपानेले भने, ‘मतदान अधिकृतलाई प्रतिनिधिसभाको मतपत्र नलेऊ म भोट हाल्दिनँ भनेको मानेनन्, यो मतपत्र नलिए अरु पाइँदैन भने। त्यसैले खाली मतपत्र बाकसमा हालिदिएँ। त्यसपछि प्रदेश र समानुपातिकका लागि तीन वटा भोट रुखमा दिएँ।’

भाञ्जा बाबुरामले निर्वाचनपूर्व घरमै पुगेर आफूलाई भोट दिएर सघाउन आग्रह गरेपनि उनले मानेनन्। उनी भन्छन्, ‘आँखामा भोट दिइनँ। मेरो हात बिटुलाएको छैन, रुख चिन्हमा मात्रै मेरा हातले भोट दिन्छन्।’ देशभर अप्राकृतिक रुपमा गठबन्धन भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले प्रदेशमा तनहुँबाट प्रदीप पौडेल पाँच भोट अन्तरले र नेताहरु शेखर कोइराला, महेश आचार्य पराजित भएकोमा दुःख लागेको बताए।

निर्वाचनमा आफ्नो पार्टीबाट गोरखा २ मा उमेद्वार नभएको बताउँदै कांग्रेसीहरु डोले (दुलाहालाई डोलीमा बोकेर हिँड्ने) भएको न्यौपाने बताउँछन्। ‘दुलाहा नयाँ शक्तिको थियो उसैलाई कांग्रेसीहरुले बोकेर हिँडे, जिताए पनि तर फाइदा केही पुग्नेछैन भन्नेमा म ढुक्क छु’ उनले भने।

‘भाञ्जासंग दुस्मनी केही छैन। तर जीतबाट म खुसी छैन, बेखुसी हुने कुरा पनि रहेन,’ उनले थपे।

०६४ सालको संविधानसभा निर्वाचनमा न्यौपाने भाञ्जा बाबुरामबाट पराजित बनेका थिए। बाबुराम गोरखा २ बाट विजयी बनेपछि आइतबार गोरखामा आयोजित विजय उत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रममा बाबुराम सवार गाडीमै न्यौपाने चढेका थिए। उनले भने, ‘हिजो म नराम्ररी झुक्किएछु। प्रकाश (कांग्रेसबाट गोरखा २ (ख) प्रदेशमा विजयी) ले ‘बुवा हिँड्न सक्नुहुन्न गाडीमा चढ्नुस् भन्नुभयो म चढेँ। कुनबेला गाडीको बाहिर भाञ्जा चढिसकेछन्। अरुले देख्दा बाबुरामको विजय उत्सवमा साथ दिएजस्तो देखियो, त्यो होइन।’ गोरखामा एक प्रदेशसभा क्षेत्र जितेका प्रकाशलाई भने न्यौपानेले कांग्रेसको बीऊ जोगाइदिएकोमा धन्यवाद दिएका छन्।

राष्ट्रिय राजनीतिबारे कुरा गर्दा न्यौपानेले देउवा असफल भइसकेको बताए। ‘सभापति शेरबहादुरजी असफल हुनुभयो। अब पार्टीले बिशेष महाधिवेशन बोलाउनुपर्छ र युवा पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गरी पुराना नेताहरु सल्लाहकारमा बस्नुपर्छ।’

विजयी भएपछि भाञ्जा बाबुरामसंग संवाद नभएको उनले खुलाए। भट्टराईले माओवादी नेता नाराणकाजी श्रेष्ठलाई छ हजार ८७४ मतान्तरले हराएका थिए।

प्रकाशित २५ मंसिर २०७४, सोमबार | 2017-12-11 14:32:42


author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रहरी हेडक्वार्टर

    हेडक्वार्टरबाटै हरायो प्रहरीको एउटा महत्वपूर्ण विभाग

    संघीय प्रहरी ऐन निर्माणका बिषयमा सघन छलफल भइरहेका बेला प्राविधिक समूहलाई समन्वय र चेन अफ कमाण्डमा राख्न छुट्टै निकायको खाँचो देखिएपछि सो विभाग...

  • नेपाली क्रिकेटको विवाद अन्त्य, निलम्बन फुकुवाको बाटो खुल्यो

    अन्तर्राष्ट्रिय क्रिकेट संघ परिषद्(आइसीसी)ले गठन गरेको सल्लाहकार समितीले बनाएको विधान नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार राजधानीमा भएको विशेष...

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...