फेरि चुके रवीन्द्र अधिकारी र प्रदीप ज्ञवाली



Keshab Raj Thoker

सामाजिक सञ्जालबाट गरिने मतपरिणाम सम्बन्धी प्रोपोगण्डालाई विश्वास गर्दा एमाले नेता रवीन्द्र अधिकारी र प्रदीप ज्ञवाली फेरिपनि चुकेका छन्।

मनाङमा मतगणना जारी रहेपनि एमाले नेता अधिकारी र ज्ञवालीले एमाले उम्मेदवार विजयी भइसकेको भन्दै बधाई दिएका छन्।

प्राप्त पछिल्लो मत परिणाम अनुसार मनाङमा एमाले उम्मेदवार पाल्देन छोपाङ गुरुङ ९ सय ८ मत पाएका छन् भने कांग्रेसका टेकबहादुर गुरुङले ६ सय ५९ मत पाएका छन्। त्यहाँ झण्डै ४३ सय मत खसेको थियो।

यस हिसावले त्यहाँ आधा भन्दा पनि कम मत गणना भएको छ। झण्डै दुई तिहाई मत गणना हुन बाँकी छ।

तर सामाजिक सञ्जाललाई विश्वास गरेर अधिकारी र ज्ञवालीले झण्डै दुई तिहाई मत गणना बाँकी हुँदै बधाई दिएका छन्।

स्थानीय तह निर्वाचनमा पनि अधिकारी यसैगरी चुकेका थिए। मकवानपुरको थाहा नगरपालिकाको एउटामात्र वडामा मतगणनामा एमाले विजयी भएका बेला त्यहाँ एमालेका मेयर विष्णु ढकाल विजयी भएको भन्दै बधाई दिएका थिए।

हुँदाहुँदा अर्का एमाले नेता योगेश भट्टराईले समेत आफ्नो फेसबुकमा मनाङका एमाले उम्मेदवार विजयी भएको लेख्न भ्याएका छन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 22:50:16

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...