गोरखामा मतगणना सुरु, पहिलो चरणमा ६ हजार मत गनिँदै




मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना ११ दिनपछि बिहीबार साँझ ६ बजेदेखि गणना कार्य अघि बढाइएको छ। गोरखा १ को मतगणना महिला तथा बालबालिका कार्यालयको कोठा र गोरखा २ को जिल्ला समन्वय समिति गोरखामा गणना सुरु गरिएको हो।

NIC ASIA

 प्रतिनिधिसभाको मतगणना दुई वटा घेरा बनाएर गनिएको छ। एउटा घेरामा तीन हजार र अर्को घेरामा तीन हजार मत गणना कार्य अघि बढाइएको छ।

गोरखा नगरपालिका ८ देखि १३ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिलाएर गणना कार्य अघि बढाइएको छ।

गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् भने अन्य दलबाट पनि उमेद्वार छन्।

यस्तै महिला तथा बालबालिका कार्यालयमा गोरखा १ को गोरखा नगरपालिका १ देखि ७ नम्बर वडा, गण्डकी, सहिद लखन, भीमसेन, धार्चे, आरुघाट, चुमनुब्री गाउँपालिकाका मतहरु एकै थुप्रोमा राखेर मतगणना कार्य अघि बढाइएको छ।

गोरखा १ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता हरिराज अधिकारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ। यहाँ पनि दुई घेरा बनाएर मतगणना कार्य अघि बढाइएको छ।

यस्तै प्रदेशसभा क्षेत्रको पनि प्रत्यक्षतर्फ मतगणना कार्य अघि बढाउने तयारी गरिएको छ। केही बेरमा गणना अघि बढाउने जानकारी दिइएको छ। पहिले प्रत्यक्षतर्फको मतगणना गरिन्छ। अपरान्ह ५ बजे देखि मतगणना कार्य अघि बढाउने भनेपनि ६ बजेपछि मात्रै मतपेटिका खोलिएको थियो।

यस्तै एक एक घण्टामा मतपरिणाम सार्वजानिक गर्ने भनिएको छ। मतगणना स्थलसम्म पुग्न र मतगणनाको तस्वीर लिन पत्रकारहरुलाई समस्या छ। ६ वटा सुरक्षा घेरा पार गरेर पत्रकारहरु मतगणना गरिएको भबनसम्म पुग्नुपर्ने बाध्यता छ। मिडिया सेण्टर सञ्चालनमा ल्याउने भनेपनि अहिलेसम्म सञ्चालनमा आएको छैन।

मतगणना सुरु गरेपछि गाउँगाउँबाट दलका कार्यकर्ता तथा शुभेच्छुक सदरमुकाम आएका छन्। सडकमा सवारीको चाप बढेको छ भने होटलहरु भरिभराउ छन्। प्रत्यक्षतर्फको मत गनिसक्न कम्तिमा दुई दिन लाग्छ। गोरखा २ मा ६० हजार मत र गोरखा १ मा ६३ हजार मत गन्नुपर्नेछ। गोरखामा ६३ प्रतिशत मत खसेको थियो।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 19:21:06
Max TV
Max TV
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।