सिन्धुपाल्चोक, रसुवा र म्याग्दीमा मतगणना शुरु




सिन्धुपाल्चोक जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ।

निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो। जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिस्पर्धामा छन्।

त्थ्यस्तै पहिलो चरणमा सम्पन्न भएको रसुवामा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना शुरु भएको छ।

जिल्लामा कुल ३२ हजार ३३२ मतदातामध्ये २६ हजार ९४ मत खसेको थियो। जिल्लाबाट प्रतिनिधिसभातर्फ सात जना चुनावी प्रतिस्पर्धामा छन्।

त्यस्तै म्याग्दीमा पनि साँझ पाँच बजेदेखि मतगणना सुरु भएको छ ।

सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान गरिएको छ।

जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:28:35



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • चुडामणि उप्रेती ‘गोरे’

    मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतमा राख्न गोरेको माग

    सुन काण्डका मुख्य नाइके चूणामणि उप्रेती ‘गोरे’ले मानव अधिकारवादीको निगरानीमा प्रहरी हिरासतम बस्न माग गरेका छन्। बुधबार जिल्ला अदालत मोरङमा बयान...

  • रेलमार्गको नक्सा अध्ययन गर्दै नेपाली तथा चिनिया अधिकारीहरु

    रेलमार्ग खोज्दै नेपाली-चिनियाँ अधिकारी काठमाडौंदेखि केरुङसम्म

    केरुङ-काठमाडौं रेलमार्ग त्यति छिट्टै निर्माण हुने सम्भावना चाहिँ छैन, जति राजनीतिक बृत्तमा चर्चा हुने गरेको छ। जस्तो कि, अहिलेको टोली पूर्व...

  • दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की

    दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, नेकपा नेतापुत्र फरार

    दरबारमार्ग सामुहिक बलात्कार काण्डका मुख्य आरोपी शैलेस कार्की पूर्पक्षका लागि जेल चलान भएका छन्।

  • प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    नेपालका मन्त्री सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला?

    नेपाल सरकारका मन्त्रीहरु सुनका पारखी देखिएका छन्। मन्त्रीहरूमध्ये सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग रहेकाे छ।