ओखलढुंगामा मतगणना शुरु



पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएको ओखलढुंगामा मतगणना शुरु भएको छ। बुधवार बसेको सर्वदलीय बैठकले तीन समुहमा मतगणना गर्ने निर्णय गरेको थियो।

साँझ ५ बजेबाट शुरु भएको मतगणनाको परिणाम प्रत्येक दुई घण्टामा सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए।

मतगणना हुने कोठामा तारजालीको बार लगाइएको छ। ओखलढुंगामा वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट रामहरी खतिवडाले प्रतिस्पर्धा गर्दैछन्।

प्रदेशसभामा गठबन्धनका तर्फबाट १ नम्बर क्षेत्रमा एमालेका अम्बिरबाबु गुरुङ उम्मेदवार छन् भने २ नम्बर क्षेत्रमा मोहन खड्काको उम्मेदवारी रहेको छ। यसैगरी, प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसले १ नम्बर क्षेत्रमा मित्रसेन दाहाललाई उम्मेदवार बनाएको छ भने २ नम्बर क्षेत्रमा प्रदिप सुनुवारको उम्मेदवारी रहेको छ।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:15:24

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...