नेपाल आर्थिक समृद्धिको नयाँ युगमा प्रवेशः उपराष्ट्रपति




उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले निर्वाचन सम्पन्न भएसँगै नेपाल आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

NIC ASIA

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि नेपाली जनताको नाममा बधाई सन्देश जारी गर्दै उनले संविधानको पूर्ण कार्यान्वयन भई आर्थिक समृद्धिको युग प्रारम्भ भएको बताएका हुन्।

‘अब लामो समयदेखिको राजनीतिक संक्रमणकाल पूर्ण अन्त्य भई राजनीतिक स्थायित्व आरम्भ भएको छ’, उपराष्ट्रपतिद्वारा जारी बधाई सन्देशमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरणको निर्वाचनपछि हाम्रो देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ।’

उपराष्ट्रपतिले आजको दिनलाई ऐतिहासिक र गौरवपूर्ण भन्दै निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयनले पूर्णता पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले संघीयतासमेत कार्यान्वयन भएको बताएका छन्। ‘यो निर्वाचन सम्पन्नसँगै नेपाली जनताको लामो संघर्षपछि प्राप्त संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयनले सुखद पूर्णता पाएको छ भने संघीयता कार्यान्वयन भएको छ’, उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन उत्सवको रुपमा सम्पन्न भएकोमा मलाई ज्यादै गौरव र खुशी लागेको छ। नेपालको राजनीतिक संघर्षमा लामो समयको सहभागीताप्रति यस अवसरमा पुनः गौरव गरेको छु।’

उपराष्ट्रपतिले संविधान कार्यान्वयनले पूर्णता पाएकोमा नेपाली जनतामा बधाई ज्ञापन गरेका छन्। ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै नेपाललाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भव्य रुपमा सम्पन्न भएकोमा म सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु’, बधाई सन्देशमा भनेका छन्, ‘निर्वाचनलाई महाउत्सवको रुपमा लिई दोस्रो चरणको निर्वाचनमा सहभागी भएर आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दछु। साथै, निर्वाचन शान्तिपूर्ण एवम् भव्य रुपमा सम्पन्न भएकोमा निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मीलगायत सबैप्रति धन्यवाद ज्ञापन गर्दछु।’

उपराष्ट्रपतिले संविधान कार्यान्वयनमा राजनीतिक दलका शीर्ष नेतृत्वले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। समृद्ध नेपाल निर्माणमा पनि राजनीतिक दलहरु आपसी सहमति र सहकार्यको बाटोबाट अगाडि बढ्ने अपेक्षासमेत गरेका छन्।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 18:08:28
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...