अर्घाखाँचीको मथुरा मावि केन्द्र (ख) को मतदान स्थगित



अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका वडा नम्बर ५ को मथुरा मावि केन्द्र (ख) को मतदान स्थगित भएको छ। केन्द्रका मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै आक्रोशित मतदाताले बुथ तोडफोड गरेपछि मतदान स्थगित भएको हो।

मतदान अधिकृत सुरेन्द्र अधिकारीले हस्ताक्षर नगरेको मतपत्र दिएको भन्दै आक्रोशित भीडले दिउँसो मतदान केन्द्र तोडफोड गरी मतपत्र समेत च्यातेका थिए। मतदान अधिकृत अधिकारीले पनि हस्ताक्षर नगरेको मतपत्र मत पेटीकामा परेको स्वीकार गरेका छन्।

मतदान केन्द्र तोडफोड भएपछि मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी केन्द्रमा पुगेका थिए। फेरि निर्वाचन सुरू गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। 

केन्द्रीय नेताको मतदान
माओवादी नेता तथा पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधि सभाका उमेद्वार टोप बहादुर रायमाझीले सन्धिखर्क ९ को अर्घा रजस्थल माविवाट मतदान गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य मान वहादुर विकले सन्धिखर्क २ को बेलबाटिका केन्द्र बाट तथा पुष्पा भुसालले २ को बालमन्दिर केन्द्रमा मतदान गरेका छन्।

अर्घाखाँचीमा ६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 17:59:38
author photo

सुदिप भण्डारी बुटवल प्रतिनिधी हुन्

@sudipbhandari2

सुदिप भण्डारीबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...