गगन थापालाई लक्षित गरेर बम प्रहार गर्ने ६ जना काठमाडौँबाट पक्राउ


Infocus



नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ ४ बाट प्रतिनिधि सभाका उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम पड्काउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरु सबै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता रहेका छन्।

NIC ASIA

प्रहरीले उनीहरुको साथबाट विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसमेत बरामद गरेको जनाएको छ। उनीहरुलाई काठमाडौँ उपत्याकाका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले बिहीबार उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, हेटौँडाका महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८,का विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन्। उनीहरु पक्राउ परेसँगै विभिन्न स्थानमा विस्फोट गराउने योजना विफल भएको प्रहरीले दावी गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेका अनुसार उनीहरु नै राजधानीका विभिन्न स्थामा बम विस्फोट गराउने प्रमुख योजनाकार हुन्। उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ।उनीहरुको साथबाट प्रहरीले विस्फोटक पदार्थ समेत बरामद गरेको छ। पक्राउहरुलाई हातहतियार तथा खरखजना मुद्दामा कारवाही अघि बढाउने जनाइएको छ।

गत सोमबार काठमाडौं—४ को घरदैलोका क्रममा बुढानिलकण्ठ—२ मा विस्फोट हुँदा उम्मेदवार थापासहित १२ जना घाइते भएका थिए।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 15:20:57
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्