अमेरिकासँगको युद्ध अवश्यंभावीः उत्तर कोरिया

विदेश मन्त्रालयका प्रवक्ता भन्छन्ः अबको प्रश्न भनेको युद्ध कहिलेबाट सुरु होला भन्ने मात्रै हो




किम जोङ उन
किम जोङ उन
गेट्टी इमेज

अमेरिका र दक्षिण कोरियाले विशाल सैन्य अभ्यास गरिरहँदा एक उत्तर कोरियाली अधिकारीले अमेरिकासँगको युद्ध अवश्यंभावी भएको बताएका छन्। अबको प्रश्न ‘युद्ध कहिलेबाट सुरु होला?’ भन्ने मात्रै भएको ती अधिकारीले बताए।

NIC ASIA

‘अमेरिकाले खुरुखुरु आयोजना गरेको विशाल आणविक युद्ध अभ्यासले कोरियाली प्रायद्वीपमा एकदमै खतरनाक परिस्थिति पैदा भएको छ,’ उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘यस्तो परिस्थितिको बीचमा अमेरिकाका उच्च राजनीतिज्ञहरुले लगातार गरेको युद्धको टिप्पणीले कोरियाली प्रायद्वीपमा युद्धको प्रारम्भलाई एक स्थापित तथ्य बनाएको छ।’

‘अब बाँकी प्रश्न भनेको युद्ध कहिले सुरु हुन्छ भन्ने मात्रै हो,’ ती प्रवक्ताले थपेका छन्।

विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले सार्वजनिक गरेको हो। ‘हामी युद्ध चाहँदैनौँ तर हामी युद्धबाट भाग्दैनौँ,’ प्रवक्ताले भनेका छन्।

अमेरिकाको ‘युद्धोन्मादी अभिव्यक्तिलाई’ आफूहरुलाई युद्धको लागि तयार रहन दिइएको चेतावनी बाहेक अन्य रुपमा बुझ्न नसकिने तर्क पनि उनले गरेका छन्।

गत साता उत्तर कोरियाले हालसम्मकै शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो।

उत्तर कोरियाबारे अमेरिकी उच्चाधिकारीहरुले पनि खरो टिप्पणी गर्दै आएका छन्। हालै ह्वाइट हाउस राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याक्मास्टरले उत्तर कोरियासँगको युद्धको खतरा ‘दिनप्रतिदिन बढिरहेको बताएका थिए।

सत्तारुढ रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहमले पनि सम्भावित खतरालाई मध्यनजर गर्दै दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकका परिवारलाई त्यहाँबाट हटाउनुपर्ने बताएका थिए।

त्यस्तै सिआइएका निर्देशक माइक पोम्पियोले पनि उत्तर कोरियाली शासक किम जोङ उनलाई ‘आफू कति कमजोर अवस्थामा छु भन्ने कुरा थाहा नभएको’ टिप्पणी गरेका थिए।

हाल संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टम्यान वार्ताका लागि उत्तर कोरियामा छन्। उनले उत्तर कोरियाली उपविदेशमन्त्री पाक म्योङ गकलाई भेटेको केसिएनएले जनाएका छन्। एजेन्सी

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 12:44:06
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...