४५ जिल्लामै उत्साहजनक मतदान, ७० प्रतिशत बढी मतदान हुने अपेक्षा: आयोग



नवराज ढकाल
नवराज ढकाल
रेडियो कान्तिपुर

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज ४५ जिल्लामै शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ।

निर्वाचन आयोग प्रवक्ता नवराज ढकालका अनुसार ४५ जिल्लामै बिहान ७ बजेबाट सुचारु रुपमा मतदान भइरहेको छ।

‘कपिलवस्तुको एक ठाउँमा बम जस्तो देखिने वस्तु भेटिएपछि निस्क्रिय तुल्याइएको छ, सुरक्षा निकायले शान्तिपूर्ण मतदानको व्यवस्था गरेको छ’, बिहान साढे ९ बजे नेपालखबर लाइभमा प्रवक्ता ढकालले भने, ‘ढुक्क भएर मतदानमा सहभागी हुन म सबै मतदातालाई आग्रह गर्दछु।’

आयोगले पहिलो चरणभन्दा बढी प्रतिशत मतदान हुने अपेक्षा गरेको ढकालले बताए। ‘हाम्रो अपेक्षा त शतप्रतिशत मतदान होस् भन्ने हो, तर पहिलो चरणभन्दा आज बढी मत खस्ने अनुमान गरेका छौं’, भिडियोमा उनले भने।

प्रवक्ता ढकालले मतदाता शिक्षा प्रभावकारी भएको र बदर मतको संख्या निकै कम हुने अपेक्षा गरिएको जनाए।

‘सरकार, अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र सबैले हातमा हात मिलाएपछि निर्वाचन आयोग शान्तिपूर्ण रुपमा समयमै निर्वाचन गर्न सफल भएको हो’, ढकालले थपे।

प्रवक्ता ढकालले पहिलो चरणमा मतदान सम्पन्न भएका क्षेत्रको मतगणना आज ५ बजेबाट सुरु हुने र आज मतदान भएका क्षेत्रको पनि केही क्षेत्रको आजै र केही क्षेत्रको भोलीबाट मतगणना सुरु हुने बताए।

प्रकाशित २१ मंसिर २०७४, बिहिबार | 2017-12-07 10:21:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    त्यो भेटमा भन्न नसकेको ‘यू आर माई भ्यालेन्टाईन’

    मतिर मायालु नजर फ्याँक्दै तिमी बोल्यौ, ‘रात परेपछि तिमीसँगै बसेर खाएको अरुले देख्यो भने मेरो घरमा बास हुन्न। बरु सर्ट ड्राईभमा कुरा गर्दै सहरलाई एक...

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका...

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • अख्तियार आयुक्त राजनारायण पाठक

    अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।