जर्मनहरुको मतः उत्तर कोरियाभन्दा ट्रम्प ठूलो चुनौती



ट्रम्प र किम
ट्रम्प र किम

जर्मन नागरिकले उत्तर कोरियालाई भन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो चुनौतीका रुपमा लिने गरेको एक सर्वेक्षणको नतिजाले देखाएको छ।

कोर्बर फाउन्डेसनले गरेको सो सर्वेक्षणमा सबैभन्दा बढी २६ प्रतिशत जर्मनहरुले आप्रवासी तथा शरणार्थी आफ्नो देशमा प्रवेश गर्नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय मानेका छन्।

दोस्रो ठूलो चुनौतीका रुपमा १९ प्रतिशत जर्मन नागरिकले ट्रम्प र अमेरिकालाई लिएका छन्। त्यस्तै १७ प्रतिशतले टर्कीलाई, १० प्रतिशतले उत्तर कोरियालाई र ८ प्रतिशतले रुसलाई ठूलो चुनौती मानेका छन्।

ट्रम्प शक्तिमा आएपछि उनले नेटोको खर्च अन्य राष्ट्रले पनि बोक्नुपर्ने बताउँदै आएका छन्। त्यसबाहेक वातावरणीय मुद्दाहरुमा पछिल्लो पटक अमेरिकाले लिएको निर्णयले पनि जर्मनहरु ट्रम्पसँग त्रस्त भएको बताइन्छ।

अक्टोबरमा मतदान गर्ने उमेरका १००५ जना जर्मनसँग गरिएको सर्वेक्षणमा ५६ प्रतिशत व्यक्तिले अमेरिका र जर्मनीको सम्बन्ध खराब वा अति खराब भएको बताएका थिए। एजेन्सी

प्रकाशित १९ मंसिर २०७४, मंगलबार | 2017-12-05 17:38:33

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...