प्रचार–प्रसारको अन्तिम दिन भरतपुर महानगरका १९ वडामा प्रचण्डको रोड शो




नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि वाम गठबन्धका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका वडाहरुमा रोड शो सुरु गरेका छन्।

NIC ASIA

अध्यक्ष प्रचण्डले सोमबार दिउँसो भरतपुर महानगरको वडा नम्बर ९ को हाकिमचोकबाट रोड शो को औपचारिक शुरुवात गरेका हुन्।

चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन सबै मतदातासँग पुग्ने उद्देश्यले रोड शो को आयोजना गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य द्रोण सिवाकोटीले नेपालखबरलाई बताए।

अहिले प्रचण्डलाई विभिन्न चोकहरुमा हजारौँ स्थानीयहरुले आ–आफ्नो भेषभूषा र बाजागाजासहित स्वागत गरिरहेका छन् भन्ने अध्यक्ष प्रचण्डले मतदाताहरुलाई अभिवादनसहित भोट दिनका लागि अनुरोध गरिरहेका छन्। सडकको दायाँवायाँ स्थानीयहरु पंक्तिवद्ध भएर वाम गठबन्धनका झण्डा हल्लाउँदै प्रचण्डलाई स्वागत अभिनन्दन गरिरहेका छन्।

केन्द्रीय सहस्य सिवाकोटील जनताको उपस्थितिले प्रचण्डको जितलाई सुनिश्चित गरेको दावी गरे। ‘पार्टीले गरेको अन्तरिक सर्वेेक्षणमा पनि अध्यक्ष प्रचण्डले ३० हजारभन्दा बढी मतको अन्तरले जित्ने देखिएको छ’, उनले भने, ‘आजको यो उपस्थितिले पनि अध्यक्षको जितलाई थप सुनिश्चित गरेको छ।’

उनले रोड शो ३ नम्बर निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वटा वडाहरुमा पुग्ने बताए।

हाकिमचोकबाट सुरु भएको रोड शो अहिले वडा नम्बर २५ को लेवर नगरमा पुगेको शो मा सहभागी स्थानीय हरि पौडेलले जानकारी दिए। उनले एमाले र माओवादीले मात्रै नभइ कांग्रेस र राप्रपाका कार्यकर्ताले समेत प्रचण्डलाई स्वागत अभिनन्दन गरेको बताए।
चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम गठबन्धनबाट र राप्रपाका महामन्त्री विक्रम पाण्डे लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित १८ मंसिर २०७४, सोमबार | 2017-12-04 14:38:41
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • इन्टरनेट तीन गुणा महङ्गो, के गर्दैछ सरकार?

    इन्टरनेटको सेवा प्रदायकहरुले बिदेशबाट खरिद गरेभन्दा झण्डै तीन गुणा बढी मूल्यमा बिक्री गरेको पाइएपछि सरकारले उनीहरुमाथि कडाई गर्ने भएको छ।

  • केपी शर्मा ओली

    रेलबाट मिनिरल वाटर सप्लाई गर्ने ओलीको योजना

    ‘सुन्तलाको बोक्रा नदेखेकाले ‘अरेन्ज फ्लेवर’ को जुस र आँपको बोक्रा नदेखेकाले ‘म्याङ्गो जुस’ भन्दै आयातित जुस खाने गरेका छन्। यस्ता जुस हामी छ्वास्स...

  • गोकुल बास्कोटा

    डा केसीलाई किन अनसन गर्न लगाउने? गगन थापा आफै अनसन बसे भयो: मन्त्री बास्कोटा

    प्रधानमन्त्रीको नेतृत्वमा बनाइयो भने राष्ट्रपतिको नेतृत्वमा चाहिन्छ भन्दिने होला। राष्ट्रपतिको नेतृत्वमा बनाउने हो भने संयुक्त राष्ट्रसंघको...