जो उम्मेदवार हुन्, तर ‘भूमिगत’ छन्




रेशम चौधरी (माला लगाएका)
रेशम चौधरी (माला लगाएका)

थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका क्रममा एक बालक, नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भयो।

NIC ASIA

उक्त घटनाको मुख्य योजनाकारको आरोप खेपिरहेकामध्ये एक हुन्, रेशम चौधरी। उनी राष्ट्रिय जनता पार्टी (राजपा) बाट कैलाली–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

टीकापुर घटनापछि चौधरीको फूलबारी एफएम, फूलबारी रिसोर्ट लगायत उनको घर, सवारी साधन आदि स्थानीयवासीले जलाइदिएका थिए। टीकापुर घटनाकै अर्का आरोपी लक्ष्मण थारुपनि कैलाली–५ मा उम्मेदवार छन्।

तर, जेलभित्र रहेकाले लक्ष्मणले फोनमार्फत मत मागिरहेका छन् भने रेशमचाहिँ भूमिगत रुपमा मतदातासम्म पुगिरहेका छन्।

दोस्रो चरणको प्रनिधिनिसभाको निर्वाचन आउन ५ दिनमात्र बाँकी रहँदा चौधरीले प्रचार–प्रसारलाई तीब्रता दिएका छन्। विशेषगरी थारु समुदायको घरघरमा पुगेर उनले भोट मागिरहेका छन्।

टीकापुर घटनामा मुछिएपछि फरार बनेका चौधरी स्थानीय निर्वाचनपछि मात्र टिकापुर फर्किएका हुन्। तर टीकापुर फर्केपनि उनी सुरुमा सार्वजनिक रुपमा देखिएनन्।

पहाडी समुदायको घरमा पुग्नुभन्दा थारु समुदायका मतदाताको घर–घरमा पुग्छन् चौधरी। केही गाउँमा भोट माग्दा उनले प्रोजेक्टरको सहायतापनि लिएका छन्।

उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि वारेसनामा मार्फत् उम्मेदवारी दर्ता गराएका थिए।

त्यो क्षेत्रमा कांग्रेसकी ईश्वरी न्यौपाने र वामगठबन्धनको तर्फबाट एमालेकी मदनकुमारी शाह उम्मेदवार छन्।

प्रकाशित १६ मंसिर २०७४, शनिबार | 2017-12-02 09:26:11
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।