‘बेमौसमी फूल-मालाले विरामी परें’

प्रेमिल मुडमा जनकपुर झरेका निधिले फूलमाला लगाएनन्




झण्डै एक साता राजधानीको ओम अस्पतालमा उपचारका लागि बिताएका कांग्रेस नेता बिमलेन्द्र निधि बुधबार गृहनगरी जनकपुर फर्के। जनकपुर पुग्दा निधिलाई जनकपुर विमानस्थलमा ठूलो संख्यामा रहेका कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले स्वागत गरे।

NIC ASIA

एक साता बिताएर जनकपुर ओर्लंदा निधि प्रेमिल मुडमा देखिन्थे। काठमाडौंदेखि नै निधिका साथमा केही सञ्चारकर्मी र कांग्रेसका कार्यकर्ताहरु समेत थिए। विमानबाट बाहिर निस्कनासाथ उनले श्रीमति को हात समाउँदै गरेको दृष्यका लागि एक पोज दिए। र, विमानस्थबाट बाहिरिए।

विमानस्थलबाट बाहिरिँदा ठूलो संख्यामा रहेको कार्यकर्ताहरुको समूहले निधिलाई भव्य स्वागत गर्‍यो। ‘जय नेपाल’  को सम्बोधनसँगै ‘बिमलेन्द्र निधि जिन्दाबाद’ को नारापनि लाग्यो। निधिको स्वागत एवं खातिरदारीका लागि जनकपुरका कांग्रेस कार्यकर्ताले कुनै कमी हुन दिएनन्।

तर, उनी जनकपुर पुग्दाको क्षणको जस्तो तस्वीर सार्वजनिक भएको छ, त्यसमा पहिलेजस्तो निधिलाई माला लगाइएको छैन, न त उनको निधार र गालामा माला नै लगाइएको देख्न सकिन्छ। त्यसो भए यसपटक किन निधिलाई अविर र माला लगाइदिएनन्? के उनीहरु औपचारिकताका लागि मात्र निधिको स्वागतमा विमानस्थल पुगेका थिए?

सम्मानको कमीका कारण होइन, निधि आफैले आफूलाई अविर र माला दुबै नलगाउनु भन्ने निर्देशन दिएका थिए। त्यसैले, माला र अविरसहित दर्जनौं कार्यकर्ताहरु विमानस्थल पुगेपनि त्यसको सदुपयोग हुन पाएन। र, त्यति ठूलो स्वागतपछि फूलमाला र अविर विनाको तस्वीर सार्वजनिक भयो।

यसको कारणपनि निधिले अघिल्लै दिन खोलेका थिए। सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा निधिले मंगलबार मध्यान्ह केही सञ्चारकर्मीहरुसँग कुराकानी गरेका थिए। त्यसक्रममा उनले यस पटकको अस्पताल बसार्इंको अनुभवपनि सञ्चारकर्मीहरुसँग साँटेका थिए।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि परीक्षणका लागि ४ मंसीरमा चावहिलस्थित अस्पताल पुगेका निधिलाई चिकित्सकहरुले त्यहीँ भर्ना गरिदिए। परीक्षणका क्रममा थाहा भयो, उनलाई निमोनिया भएको रहेछ। राजपा नेता राजेन्द्र महतोबाट धनुषा–३ मा कडा चुनौति झेलिरहेका निधिका लागि अस्पताल बसार्इं साँच्चिकै पीडाको विषय थियो।

निधिले मंगलबारको भेटघाटमा सञ्चारकर्मीहरुलाई बताए अनुसार, स्वास्थ्यमा समस्या देखिनुको मूल कारण फूलमाला र अविर नै थियो। निधिले भनेका थिए, ‘जनकपुर गएपछि लगातार घाँटीमा झुण्डिने फूलमालाबाट ब्याक्ट्रेरियाका किटाणु शरीरमा पसेको अनुमान छ। हुनपनि फूलमा पाइने साना साना किराहरु जिउभरि फैलिएर हैरान नै बनाउँथे।’

यति भन्दै हिजै उनले आफ्नो निर्णय सुनाएका थिए, ‘चुनावको चटारोका बेला त्यही फूलमालाले यस्तो गर्‍यो। त्यसैले, अब फूलमाला लगाउँदिन।’ नेताहरु अक्सर विमारी पर्नुको बेमौसमी फूलका माला नै हुुनु हो भन्ने ठहर पनि निधिको थियो। यति भन्दै उनले थपेका थिए, ‘स्वास्थ्यका कारणपनि नेताहरुले फूलमाला लगाउने विषयमा अव सोच्नुपर्ने भएको छ।’

प्रकाशित १३ मंसिर २०७४, बुधबार | 2017-11-29 18:17:19
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...