काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो




NIC ASIA

बिहानी सकिएर समय दिउँसोतर्फ उकालो लाग्दै थियो। अनामनगरबाट घट्टेकुलोतर्फ लाग्ने मोडको अलिकति भित्रतिरको नीलो घरमा लगाएको गेट बुधबार सुनसान देखिन्थ्यो। ११ बजिसकेको थियो। स्कुल–कलेज जाने विद्यार्थी, अफिस जाने कर्मचारीहरु आफ्नो गन्तव्यमा पुगिसकेका थिए। त्यो घरको खैरो गेट सुनसान हुनुको कारणपनि सायद यही थियो।

म त्यो घरको गेट अगाडि पुग्दा टाउकामा ढाकाटोपी, कोट–पाइन्ट, कालो जुत्ता, निधारमा टीका आकारमा अविर लगाएका, बाक्ला जुँगा भएका एकजना युवक केही मानिसहरुका साथ अघि बढिरहेका थिए। नजिक पुगेर हेरें, उनै रहेछन्, वामगठबन्धनको तर्फबाट काठमाडौं–१ मा प्रतिनिधिसभा उम्मेदवार, माओवादी केन्द्रका नेता अनिल शर्मा।

उनले त्यो घरको गेटको घण्टी बजाएनन्। सिधै गेट खोले। सरासर घर परिसरभित्र छिरे। पहिलो तलाको मूल गेटमा ताला लागेको रहेछ। त्यसैले दोस्रो तलामा उक्ले। त्यहाँ एकजना पुरुष भेटिए। शर्माले ती व्यक्तिलाई नमस्कार गरे। अकस्मात आएको मान्छे देखेर ती व्यक्ति अलि छक्क परे। आश्चर्यभावकै साथ शर्माको नमस्कार फर्काए।

‘म अनिल शर्मा, काठमाडौं–१ बाट वामगठबन्धनको उम्मेदवार छु सहयोगको अपेक्षा गरेको छु’, आफ्नो परिचय दिएर शर्माले भोट मागिहाले।

खासमा भोट माग्न आउने ताँतीका कारण काठमाडौंवासीहरु दिक्क छन्। एकछिन अघि एउटा आउँछ, एकछिनपछि अर्काे। राजनीतिमा सरोकार नभएका धेरै मतदाताहरुलाई तिनका झण्झटलाग्दा कुरा सुन्न समय दिनु साँच्चिकै दिक्कलाग्दो काम हो। त्यसैले, उम्मेदवारहरु आफ्नै घरआँगनमा आएपनि मतदाताहरु हत्पति घरबाहिर निस्कन्नन्।

शर्माले मतदाताको यो मानसिकता राम्रैसँग बुझेका रहेछन्। त्यसैले, मत माग्न उनले फरक शैली अपनाएका छन्। हल्लाखल्ला नगरी मतदाताकहाँ जान्छन्, उनीहरुसँग भेटघाट गर्छन्, छोटोमा आफ्नो कुरा राखेर मत माग्छन्। 

मलाई लाग्यो, १० वर्षे छापामार युद्ध गरेर आएको पार्टीका यी युवा उम्मेदवारको भोट माग्न मतदाताकहाँ जाने शैलीपनि छापामार स्टाइलकै रहेछ।

०००
अनामनगरको टंकप्रसाद मार्गलाई राजधानीको एउटा व्यस्त सडकको रुपमा लिइन्छ। त्यसको प्रभाव त्यो मार्गको सहायक मानिने घट्टेकुलोको मार्गमा पनि स्वभाविक रुपमा पर्छ। कति व्यस्त भने, बिहान र बेलुका कार्यालय समयमा घट्टेकुलो मार्गमा चल्ने सवारी साधनको चापले पैदल यात्रुलाई हिँड्न पनि असहज हुन्छ। जामपनि उस्तै हुन्छ।

मैतिदेवी एरियामा रहेको डेराबाट थापाथलीस्थित नेपालखबरको कार्यालय आउँदा म यही बाटो प्रयोग गर्छु। यो मार्गमा बिहान बेलुका नियमित हिँडिरहने भएकाले त्यो मार्गको जामको प्रकृति मलाई धेरथोर थाहा छ। जतिसुकै भीडभाड भएपनि सवारीसाधन र मानिसहरु त्यही बाटो हिँड्न किन रुचाउँछन् भने मैतिदेवीबाट अनामनगर निस्कने त्यो सबैभन्दा छोटो मार्ग हो।

यसै त जाम भइरहने त्यो सडकमा बुधबार बिहान झन् धेरै जाम थियो। सवारी साधनहरुको लामपनि बाटोमा पहिले भन्दा धेरै थियो। जाममा परेका सवारीसाधनहरुले एकोहोरो हर्न बजाइरहेका थिए। हर्न निशेध गरिएपनि के गरुन्– त्यति धेरै जाम भएपछि?

घट्टेकुलो चोकमा वामगठबन्धनका कार्यकर्ताहरु चुनावी प्रचार–प्रसारमा खटिएकाले भीडभाड र जाम बढेको रहेछ। उनीहरु गोलाकारभित्र हँसिया–हथौडा र सूर्य चिन्ह अंकित झण्डा बोकेर बसेका थिए। जो–जो भेटिन्छन्, उनीहरु तिनलाई उम्मेदवारको फोटो र एजेण्डासहितका पम्प्लेट बाँडिरहेका थिए। तिनले बोकेको माइकबाट ‘प्रतिनिधि सभाका लागि गोलाकारभित्रको हँसिया हथौडा र प्रदेश सभाका लागि सूर्य चिन्हमा मतदान गरौं’ भन्ने आवाज आइरहेको थियो।

‘सामाजिक एकता र आर्थिक समृद्धिको आधारः वाम प्रगतिशिल शक्तिको स्थिर र बलियो सरकार!’ मेरो हातमा पनि परेको एउटा घोषणापत्रको सबैभन्दा माथिल्लो भागमा यस्तै लेखिएको छ। त्यसको तल प्रतिनिधिसभा सदस्य उम्मेदवार अलिन शर्माको फोटो छ भने अर्कोतिर प्रदेशसभा सदस्य उम्मेदवार विष्णुकुमारी भुसाल (भट्टराई) को फोटो राखिएको छ। प्रतिनिधिसभा माओवादी केन्द्रले पाएको यस क्षेत्रको प्रदेश एमालेले पाएको रहेछ।

मैले सोधखोज गरेपछि ‘अनिल शर्मा यहीं हुनुहुन्छ’, माइक हातमा लिएका कार्यकर्ताले माइकबाट आफ्नो मुख हटाउँदै ‘उहाँलाई भेट्ने हो भने उ त्यता जानुस्’ भने। तिनले भनेकैतिर म गएँ।

हो, त्यही गल्लीभित्र अनिल शर्मा र उनका सहयोगीहरु भेटिए। त्यहाँपनि सहयोगीमध्ये केहीले झण्डा बोकेका थिए, कोही पर्चा–पम्प्लेट बाँडिरहेका थिए। कतिले त बाटोमा हिँडिरहेका मतदातासँग शर्माको परिचय पनि गराउँदै थिए।

शर्मा आफ्ना सहयोगी भन्दा निकै छरिता देखिन्थे। अरु उम्मेदवारहरुले त गलाभरि माला लगाएका हुन्छन्, कार्यकर्ता र सहयोगीबाट घेरिएका हुन्छन्। घरका झ्यालबाट चियाउने मतदाताहरुसँग त्यसरी सिंगारिएका र घेरिएका उम्मेदवारहरु सडकबाटै ‘नमस्कार–नमस्कार’ भन्दै भोट माग्छन्। चुनावै नभएपनि जितेर विजय ¥याली गरेजसरी भोट माग्छन् कतिपय उम्मेदवारहरु।

शर्माको स्टाइल भने मैले धेरै फरक देखें। उनी अन्य उम्मेदवारजस्तो कार्यकर्ता र सहयोगीबाट घेरिन रुचाउँदा रहेनछन्। लामो लामो कुरा गर्ने शैलीपनि उनको रहेनछ। घरघरमा पस्नेमात्र होइन, मतदातालाई भेट्न भित्तिकै भोट माग्ने र खरखर अगाडि बढिहाल्ने स्टाइल रहेछ शर्माको।

मतदाताको घरको गेट आफै खोलेर ढोका अगाडि पुगेबाट पनि देखिन्थ्यो, उनी कति सक्रिय रहेछन् भन्ने। आफ्नो ढोका ढक्ढकिएपछि घरपट्टिहरु ढोका खोल्थे, हात जोडेर उभिएका शर्मा भनिहाल्थे, ‘नमस्कार, म अनिल शर्मा, वामगठबन्धनको तर्फबाट काठमाडौं–१ मा उम्मेदवार छु। मेरो चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा हो। हाम्रो चुनाव चिन्हमा भोट दिएर सहयोग गर्नुहोला।’

यसैगरी घट्टेकुलो वरिपरि बुधबार बिहान भएको शर्माको घरदैलोलाई मैले करिब डेढ घण्टा पछ्याएँ। छतमा बसेर हेरिरहेका मतदातासँग पनि नमस्कार गरेर भोट नमाग्ने त होइनन्, तर शर्माको जोड सिधै मतदातालाई भेट्ने हुँदो रहेछ। भेट्ने, भोट माग्ने, अनि अर्काे मतदातालाई भेट्न चलिहाल्ने।

मलाई सबैभन्दा रोचक चाहिँ भोट माग्ने उनको एउटा शैली लाग्यो। मतदाता अलिक परको घरमा देखिएका छन्, तर त्यहाँ पुग्ने अवस्था छैन वा जाने बाटो चाहिँ देखिएन भने उनी गजवको इशारा गर्दा रहेछन्।

दुई हातका चोर औंला जोड्दा रहेछन्, अनि त्यसपछि मुड्की ठोके जस्तो इसारा गर्दा रहेछन्।

दुई हातको औंला जोडेर शर्माले हँसिया–हथौडाको आकार बनाएका रहेछन्। मुड्की ठोकेको इशारा चाहिँ ‘भोट हाल्नुस् है’ भन्ने रहेछ।

०००
काठमाडौंका मतदाताले मात्र होइन, राजधानीको केन्द्र भएकाले १ सय ६५ मध्येको एक चर्चित निर्वाचन क्षेत्र हो काठमाडौं–१। गणेशमान सिंहपुत्र प्रकाशमान सिंह र बीबीसी नेपाली सेवाको जागिर छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रको उम्मेदवारीले यो क्षेत्र ‘हटस्पट’ बन्न पुगेको छ नै। एमाले–माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा यो क्षेत्रमा शर्मा भित्रिएपछि यो क्षेत्रले झन् बढी चर्चा पाएको छ।

राजधानी उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये दुई तीन वटा चर्चित क्षेत्रमा काठमाडौं १ पनि हो।

मानिसहरु भन्छन्, काठमाडौं–१ राजनीतिमा असम्भवलाई सम्भव र सम्भवलाई असम्भव बनाउने क्षेत्र पनि हो। किनभने, २०४८ मा यही क्षेत्रबाट एमाले महासचिव मदन भण्डारीले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए। भण्डारीको निधनपछि भण्डारीपत्नी विद्याले फेरि भट्टराईलाई यही क्षेत्रबाट पराजयको स्वाद चखाएकी थिइन्।

०४८ पछिका बहुदलीय निर्वाचनहरुमा सँधै एमालेले जितेको यो क्षेत्रमा दुईवटा संविधानसभा निर्वाचनमा चाहिँ कांग्रेसले बाजी मा¥यो। कांग्रेसको पकड रहेका काठमाडौं महानगरपालिकाका ४ वटा वडा समेटेर बनाइएपछिको पहिलो संविधानसभा निर्वाचनमा एमालेका प्रभावशाली नेता प्रदीप नेपाल कांग्रेसका नेता प्रकाशमान सिंहबाट पहिलो पटक पराजित भए। पहिलो संविधानसभा निर्वाचनमा जितेका कांग्रेसका सिंहले दोस्रो पनि यहीँबाट जिते।

पछिल्ला दुई निर्वाचन परिणामका कारण यो क्षेत्र सिंहको अभेद्य किल्ला जस्तै देखिएको छ।

यतिबेला यो किल्लामा सिंहविरुद्ध एकातिरबाट मिश्रले धावा बोलेका छन् भने अर्काेतिरबाट वामगठबन्धनका शर्माले। संविधानसभाका दुई निर्वाचनमा सिंह ठूलो मतान्तरका साथ विजयी भएकाले त्यो किल्ला मिश्र र शर्माले तोड्न सक्लान् वा नसक्लान् भन्ने जिज्ञाशा सर्वत्र छ। तर, स्थानीय तह निर्वाचनको परिणाममा चाहिँ विवेकशील साझा पार्टी सबैभन्दा अगाडि छ भने त्यसपछि एमाले–माओवादी केन्द्रसहितको गठबन्धन छ। सिंहले प्रतिनिधित्व गरिरहेको कांग्रेस त्यहाँको मत परिणाम अनुसार तेस्रो दल हो।

तर तीनै दलको मतान्तर १ हजार मतको पनि छैन।

लोडसेडिङ अन्त्य गरेर चर्चा र वाहवाही बटुलेका पूर्व उर्जामन्त्री जनार्दन शर्माका कान्छा भाई हुन् अनिल। उम्मेदवारीको कुनै चर्चामा नरहेका रुकुमका शर्मा काठमाडौं १ मा त्यसरी नै प्रवेश गरे, जसरी युद्धकालमा छापामारहरु कार्वाहीका लागि शहरमा प्रवेश गर्थे।

लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका तिनै जनार्दनका उर्जाशील भाईलाई चुनावी मैदानमा उतारेर एमाले–माओवादी केन्द्रले बाजी मार्न खोजेको बुझ्न कठिन छैन।

सिंह र मिश्र यस क्षेत्रका साँच्चिकै ‘हेभिवेट’ उम्मेदवार हुन्। तर डेढघण्टा शर्माको घरदैलो पछ्याएपछि मलाई लाग्यो, शर्मा पनि कमजोर उम्मेदवार चाहिँ होइनन्।

एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर मत मागिरहेका शर्माले सिंह र मिश्रबीचको द्विपक्षीय भीडन्तलाई त्रिपक्षीयमा परिणत गरिसकेका छन्।

राजनीतिमा द्विपक्षीय प्रतिस्पर्धाको परिणामबारे अनुमान लगाउन जति कठिन हुन्छ, त्यो भन्दा धेरै कठिन हुन्छ, त्रिपक्षीय प्रतिस्पर्धाको परिणाम आँकलन गर्न।

शर्माको उम्मेदवारी र भोट माग्ने शैलीले पनि काठमाडौं १ को परिणामबारे अनुमान लगाउन त्यस्तै कठिन बनाइदिएको छ।

प्रकाशित ७ मंसिर २०७४, बिहिबार | 2017-11-23 09:32:45
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।