प्रत्यक्षतर्फ ९० सिट जित्ने लोकतान्त्रिक गठबन्धनको दावी


Infocus



मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले आफूले जित्ने सिट संख्याबारे दाबी गर्न थालेका छन्। कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभामा कम्तिमा ९० सिट जित्ने र वामगठबन्धनको बहुमत नपुग्ने दाबी गरेको छ।

NIC ASIA

लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये कम्तिमा ९० सिटमा जित सुनिश्चित भएको दाबी गरेको हो। कांगेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा र राप्रपा प्रजातान्त्रिक सहभागी छन्। केही स्थानमा संघीय समाजवादी फोरम, राजपा नेपाल र नयाँ शक्ति पार्टीसँग पनि कांग्रेसले चुनावी तालमेल गरेको छ।

कांग्रेसले १५४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ भने राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई ४–४ स्थान छोडेको छ। यस्तै, नयाँ शक्ति नेपाललाई गोरखा २, संघीय समाजवादी फोरमलाई सुनसरी १ र राजपा नेपाललाई महोत्तरी ३ छोडेको छ।

कांग्रेसले १५४ मध्ये ८० स्थानमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ भने राप्रपा र राप्रपा प्रजातान्त्रिकले कांंग्रेससँग तालमेल भएका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गरेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य एवं चुनाव परिचालन समितिका संयोजक बालकृष्ण खाँणले कांग्रेस एक्लैले कम्तिमा ८० सिट जित्ने दाबी गरे। खाँणले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नै हामीले ४५ प्रतिशतभन्दा बढी सिट जित्छौं। हाम्रो आन्तरिक सर्वेक्षणले पनि त्यही देखाएको छ।’

खाँणले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने पनि दाबी गरे। ‘समग्रमा कांग्रेसलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्ने छैन। त्यसमा पनि लोकतान्त्रिक गठबन्धनको यो चुनावमा बहुमत आउनेछ। कांग्रेससँग तालमेल गरेका सबै पार्टीका उम्मेदवारले पनि चुनाव जित्नेछन्,’ उनले भने।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशमबहादुर लामाले पनि लोकतान्त्रिक गठबन्धनको विजय सुनिश्चित भएको बताए। लामाले भने, ‘वामगठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई हराउन सक्दैन। हाम्रो गठबन्धनको बहुमत आउँछ।’

उनले कांग्रेससँग प्रतिनिधि सभा सदस्य निर्वाचनमा गठबन्धन भएका चारवटै निर्वाचन क्षेत्रमा आफ्ना पार्टीका नेताहरु विजयी हुने दाबी गरे।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उठेका चारै जना नेताहरुको बलियो पकड रहेको र कांग्रेसको पनि साथ रहेकाले चुनाव जित्ने लामाको दाबी छ। कांग्रेसले राप्रपा प्रजातान्त्रिकलाई प्रतिनिधि सभामा धनकुटा, सिन्धुपाल्चोक १, चितवन ३ र रुपन्देही ३ दिएको छ। राप्रपा प्रजातान्त्रिकले यी चारवटै क्षेत्रमा जित्ने आन्तरिक सर्वेक्षणले देखाएको बताएको छ।

लोकतान्त्रिक गठबन्धनमा आबद्ध अर्को दल राप्रपाले पनि कांग्रेससँग गठबन्धन भएका चार वटै निर्वाचन क्षेत्रमा जित निश्चित भएको बताए। राप्रपाका सह–प्रवक्ता मोहन श्रेष्ठले कांग्रेससँग गठबन्धन भएका चारवटै क्षेत्रमा चुनाव जित्ने दाबी गरे।

‘चारवटै क्षेत्रमा हामी चुनाव जित्छौं। जनाधार भएका, पुराना र अनुभवी नेताहरु चुनावी मैदानमा हुनुहुन्छ। त्यसमाथि कांग्रेसको साथ छ। त्यसैले जित सुनिश्चित छ,’ उनले नेपालखबरसँग भने।

लोकतान्त्रिक गठबन्धन सहभागी नभएपनि चुनावी तालमेल गरेको नयाँ शक्तिले गोरखा २ मा जित सुनिश्चित भएको दाबी गरेको छ। नयाँ शक्तिले गोरखा २ मा संयोजक डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाएको छ।

भट्टराईलाई कांग्रेसले समर्थन गरेकाले पनि जित सुनिश्चित भएको नयाँ शक्तिको दाबी छ।

यसअघि नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वामगठबन्धनले प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गरिसकेको छ। पहिलो चरणमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मंसिर १० मा ३७ र मंसिर २१ मा १२८ सिटका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।

 

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 17:08:19
Max TV
Max TV
Zen Travels

author photo

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...