संसदीय व्यवस्थाको विकल्प खोज्नेको कहिल्यै हित हुँदैनः पौडेल

बाबुरामलाई भोट माग्दै रामचन्द्रले भनेः रुखबाट आँखा हेर्ने हो, बाबुरामलाई जिताउने हो


Infocus



गोरखा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय व्यवस्थाको विकल्प खोज्नेको कहिल्यै हित नहुने बताएका छन्।

नेपाली कांग्रेस र नयाँ शक्ति नेपालद्वारा सोमबार गोरखा क्षेत्र नम्बर २ को भच्चेकमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले संसदीय व्यवस्था खोज्दा राणा शासन र पञ्चायती व्यवस्था असफल भएको भन्दै अब पनि सफल नहुने दावी गरे।

अहिलेको चुनावमा अधिकानयकवादी र लोकतान्त्रवादीका बीचमा प्रतिस्पर्धा हुने बताए। ‘यो चुनावमा अधिनायकतन्त्र र लोकतन्त्रका बीचको लडाइँ छ’, उनले भने, ‘हामी लोकतन्त्रमा रमरमाउनुपर्छ, अधिनायकवादमा फस्नुहुन्न।’

गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई भोट माग्दै उनले भने, ‘रुखबाट आँखा हेर्ने हो, बाबुरामलाई जिताउने हो।’

वाम गठबन्धनका नेता केपी र प्रचण्डले वामपन्थीको सरकार बनाउने भन्दै धाक लगाइरहेको भन्दै उनले भने, ‘वाम गठबन्धनको सरकार बन्छ भन्ने भ्रममा नपर्नुहोस्, कांग्रेसले बहुमतको सरकार बनाउँछ।’

नेता पौडेलले कांग्रेसको सरकार बने कोही भोको नांगो हुनु नपर्ने दावी गरे। उनले स्वदेशमै रोजागरीको अवसर सिर्जना गरेर युवा पलायन रोक्ने प्रतिवद्धतासमेत गरे।

वाम गठबन्धनका नेताले खोक्रो राष्ट्रवाद देखाएर जनता झुक्याउन खोजेको भन्दै नेता पौडेलले राष्ट्रियता, विकास र संमृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने दावी गरे।

चुनाी सभामा भाग लिन कांग्रेसका युवा नेता गगन थापा, नेता बालकृष्ण खाँण पनि गोरखा आइपुगेका छन्। उनीहरुले केही बेरमा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 14:30:28
Max TV
Max TV
Zen Travels
Vianet

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निलाम्बर आचार्य

    नीलाम्बरको ‘भाग्य’ मा दुई केपीको संयोग

    कांग्रेस निकट बुद्धिजीवीका रुपमा रहेको उनको छविको उपयोग गर्दै प्रधानमन्त्री ओलीले आचार्यलाई सो समूहको सदस्य चयन गरेका थिए। तर, उनी भित्री रुपमा...

  • केपी शर्मा ओली

    मन्त्रिपरिषद बैठक लगत्तै निर्णय सार्वजनिक नगर्ने निर्णयमा किन पुगे प्रम ओली?

    ‘पारदर्शिताका नाममा उही दिन सार्वजनिक गर्दा एकातिर सरकारलाई अप्ठेरो पार्ने काम हुन थाल्यो, अर्काेतिर आफ्ना निर्णय कत्तिको परिपक्व छन् भनेर...

  • केशव स्थापित

    केशव स्थापितकोमा पुगेका दुई सांसदलाई घरमा भोजन, बाटोमा ढुङ्गा

    पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सा‌ंसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ।

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।