जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए




ओलीसँगै उमेश गिरि (बायाँ)
ओलीसँगै उमेश गिरि (बायाँ)

सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा आयोजित एमालेको सभामा औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन्।

NIC ASIA

२०५३ मा राप्रपा नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वमा बनेको एमाले–राप्रपा नेतृत्वको सरकार टिकाउन गिरीले एमाले नेता बामदेव गौतमसँग दुई करोड माग गरेको आरोप लागेको थियो। कतिपयले त गौतमबाट त्यो रकम लिएपनि सरकार टिकाउने भूमिका चाहिँ नखलेको आरोप लगाउने गरेका थिए।

कांग्रेसको सशस्त्र संघर्षकालमा भएको विमान अपहरण काण्डका एक सहभागी गिरी पछिल्लो समय कांग्रेससँग असन्तुष्ट थिए। खासगरी कांग्रेस नेतृ शैलजा आचार्यसँग निकट गिरी २०४८ को निर्वाचनमा मोरङ–५ मा टिकटको आकांक्षी थिए। तर आचार्यलाई दिइएपछि असन्तुष्ट भए। ०५१ को निर्वाचनमा पनि सो क्षेत्रबाट आचार्यले नै टिकट पाएपछि उनी बिद्रोही उम्मेदवार बने। 

२०५१ मा आचार्यले त जसोतसो जितिन्। तर ०५६ को निर्वाचनमा फेरि गिरीले उम्मेदवारी दिएपछि शैलजाले त्यो क्षेत्रमा पराजय बेहोर्नुप¥यो। त्यहाँ सद्भावना पार्टीबाट उम्मेदवार बनेका बद्रीप्रसाद मण्डलले बाजी मारेका थिए। आफ्नो नेतृत्वमा नेपाली कांग्रेस विश्वेश्वर) गठन गरेर उनी उम्मेदवार बनेका थिए। हात्ती चुनाव चिन्ह भएकाले उनी नेतृत्वको कांग्रेसलाई हात्तीछाप कांग्रेस भनिन्थ्यो।

विद्रोही उम्मेदवारी र शैलजालाई पराजित गर्न भूमिका खेलेपछि कांग्रेससँग उनको सम्बन्ध बिच्छेद भयो। ०६४ ताका चाहिँ उनी तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरे। दुई ठाउँबाट चुनाव जितेका मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङ–५ छाडेपछि भएको उपनिर्वाचनमा उनी तमलोपाबाट उम्मेदवार बनेका थिए।

यसअघि एमालेले उनलाई पार्टीमा प्रवेशका लागि तयारी गरेको थियो। तर, उनी एक कारणले रोकिएका थिए। त्यो हो, एमाले अध्यक्ष ओली आफ्नै निवासमा आएर प्रवेशका लागि औपचारिक आग्रह गर्नुपर्ने। आफूले एमालेबाट टिकट वा अरु कुनै अवसर नखोजेको बताउँदै आफ्नो सम्मानका लागि अध्यक्ष ओली आफ्नै निवासमा आउनुपर्ने उनको शर्त थियो।

स्रोतका अनुसार चुनावी सभाका लागि आइतबार साँझ विराटनगर पुगेका अध्यक्ष ओलीले गिरी निवास पुगेर एमालेमा प्रवेशका लागि औपचारिक आग्रह गरेका थिए। त्यसपछि सोमबार बिराटचोकमा आयोजित सभामा उनी एमाले प्रवेश गरेका हुन्। उनीसँगै ०६४ को निर्वाचनमा मोरङ–४ बाट निर्वाचित सांसद भीमराज राजवंशीपनि एमाले प्रवेश गरेका छन्। राजवंशी मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका थिए।
 

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 13:33:59
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...