चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

आन्दोलन हुनसक्ने भन्दै सरकार पछि हट्यो


Infocus



आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब कार्तिक २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै गर्ने गृहकार्यमा सरकार जुटेको छ।

निर्वाचनको मनोनयन अघि नै प्रदेशको अस्थायी राजधानी तोक्ने भनिएपनि सरकारले तोक्न सकेको थिएन।

मंसिर १० मा हुने पहिलो चरणको निर्वाचन नजिकिएकाले अब दोस्रो चरणमा हुने मंसिर २१ को निर्वाचनपछि मात्रै प्रदेशको अस्थायी राजधानी तोकिने छ। वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले प्रदेशको अस्थायी राजधानी मंसिर २१ को निर्वाचनपछि मात्रै तोकिने बताए।

नेपालखबरसँग मन्त्री विश्वकर्माले भने, ‘मनोनयन दर्ता अघि नै तोक्ने तयारी भएपनि सम्भव भएन। अब दुवै चरणको निर्वाचन लगत्तै तोकिने छ।’

उनले निर्वाचनअघि नै प्रदेशको अस्थायी राजधानी तोकिँदा विवाद र आन्दोलन हुन सक्ने भएकाले निर्णय नगरिएको बताए। ‘चुनावको मुखमा अस्थायी राजधानी सरकारले तोक्यो भने आन्दोलन हुन सक्छ। आन्दोलनकै कारण चुनाव हुन नसक्ने अवस्था पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर पछि तोक्ने निष्कर्षमा सरकार पुगेको हो।’

उनले पहिलो र दोस्रो चरणको निर्वाचनको परिणाम आउनु अघि नै सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने बताए। अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले ७ वटै प्रदेशका अस्थायी राजधानीको विकल्पसहितको प्रस्ताव तयार पारिसकेको छ। तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत संयोजक रहेको पुनःसंरचना समितिले सातै प्रदेशको राजधानी तोक्न विकल्पसहितको प्रस्ताव तयार पारेको थियो।

तर, मन्त्रिपरिषद बैठकमा लैजाने तयारी भइरहेका बेला सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र विपक्षी दल एमालेसँग चुनावी गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुको जिम्मेवारी खोसेर विनाविभागीय बनाएपछि रोकिएको थियो।

प्रदेश प्रमुख (गभर्नर) नियुक्ति पनि चुनावपछि नै
प्रदेश सभा सदस्य निर्वाचित भएर आउनु अघि नै प्रदेश प्रमुख (गभर्नर) नियुक्त गर्नु पर्ने हुन्छ। तर, अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति पनि सरकारले गर्न सकेको छैन।

वाणिज्य मन्त्री विश्वकर्माले सातै प्रदेशका प्रमुख नियुक्ति पनि दुवै चरणको निर्वाचन पछि हुने बताए। ‘प्रदेशको अस्थायी राजधानी तोक्ने काम र गर्भनरको नियुक्ति एकैपटक गरिने छ,’उनले भने।

प्रदेश प्रमुखले सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन्। प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरुलाई तोकिने अस्थायी राजधानीमै तत्कालका लागि बसोबासको व्यवस्था गरिने र त्यही क्षेत्रपालले सपथ खुवाउनेछन्।

यस्तो छ विकल्पसहितको प्रदेशको अस्थायी राजधानीको प्रस्ताव
अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंचरना समितिले प्रदेश नम्बर १ को अस्थायी राजधानीका लागि सुनसरीको इटहरी, धनकुटा र मोरङको विराटनगरलाई सिफारिस गरेको छ। यीमध्ये इटहरी अस्थायी राजधानी तोकिने सम्भावना बढी छ।

समितिले तयार पारेको प्रस्तावमा २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरमा राख्ने उल्लेख छ। यस्तै, ३ नम्बर प्रदेशको अस्थायी मुकामका लागि बनेपा, धुलिखेल, हेटौंडा र काठमाडौं उपत्यकामध्ये एकलाई तोक्न सिफारिस गरिएको छ। तीन नम्वर प्रदेशको राजधानी धुलिखेल नतोकिने सम्भावना बढी रहेको छ।

प्रदेश नम्बर ४ को अस्थायी मुकाम भने पोखरा निर्विकल्परुपमा प्रस्तुत गरिएको छ भने ५ नम्बर प्रदेश अस्थायी मुकामका लागि दाङ (तुलसीपुर) र बुटवलको प्रस्ताव गरिएको छ।

प्रदेश नम्बर ६ को अस्थायी मुकामका लागि सुर्खेत र ७ नम्बर प्रदेशको अस्थायी राजधानी भने धनगढी वा दिपायलमध्ये एक ठाउँमा राख्ने सकिने गरी समितिले प्रस्ताव तयार असोज २८ अघि नै तयार पारिसकेको छ।

समितिले प्रदेशको अस्थायी राजधानी तोक्ने प्रस्ताव गर्दा ६ वटा मापदण्डलाई आधार बनाएको छ। समितिले भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुविधा, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व र सुरक्षाको अवस्थालाई मापदण्ड बनाएर अस्थायी मुकामका लागि नाम प्रस्ताव गरिएको हो।

प्रकाशित ४ मंसिर २०७४, सोमबार | 2017-11-20 10:13:24
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...