चुनावी कार्यक्रम स्थगित गर्दै बाबुराम र नारायणकाजी काठमाडौं फर्कंदै



स्व प्रकाश दाहाल
स्व प्रकाश दाहाल

चुनावी घरदैलोका कार्यक्रम छाडेर वामगठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा माओबादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ काठमाडौं फर्किएका छन्।

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको मृत्यु भएको खबरपछि फर्किएका हुन्। 

श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले नेपालखबरसँग कुराकानी गर्दै गोरखाको दशकिलो र एघारकिलोमा आयोजना गरिएको कार्यक्रम स्थगित गरी श्रेष्ठ काठमाडौं फर्किसकेको जानकारी दिए । आज विहान दशकिलो र एघारकिलोमा चुनावी घरदैलो र सभा थियो ।

यस्तै लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उमेद्वार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि काठमाडांै फर्कने तयारीमा छन् ।

उनी चुनाव प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममाः सिरानचोक गाउँपालिका ३ हर्मीमा छन् । नयाँ शक्तिका गोरखा संयोजक रमेश पोखरेलले भने, ‘काठमाण्डौं फर्कनेबारे छलफल भइरहेको छ ।’

प्रकाशित ३ मंसिर २०७४, आइतबार | 2017-11-19 12:00:34
author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्

प्रशन्न पोखरेलबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...