गोरखाबाट फर्केका प्रचण्डलाई बाबुरामको प्रश्न




नेपाली कांग्रेसको सहयोगमा प्रतिनिधिसभातर्फ गोरखा २ का उमेद्वार तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेससँगको सहकार्य कसरी प्रतिक्रान्तिकारी भयो भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रश्न गरेका छन्।

NIC ASIA

स्थानीय निर्वाचनमा भरतपुर नगरपालिकामा कांग्रेससँग सहकार्य गरी आफ्नी छोरीलाई विजयी गराउँदा क्रान्तिकारी हुने, अहिले देशको हितमा सहकार्य गर्नुपर्छ भन्दा कसरी प्रतिक्रान्तिकारी भयो भन्दै भट्टराईले प्रश्न गरेका हुन्।

कात्तिक ३० गते पालुङटारमा आयोजित सभामा वामगठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठलाई भोट माग्दै प्रचण्डले कांग्रेसलाई प्रतिक्रान्तिकारी शक्तिको संज्ञा दिएपछि गोरखाको घैरुङमा शुक्रबार भएको आमसभाबाट भट्टराईले प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन्।

भट्टराईले भने, ‘१२ बुँदे समझदारीदेखि यताका सहयात्री कांग्रेससँग सहकार्य गर्नु प्रतिक्रान्तिकारी हो भने तपाईंले भनेजस्तै हिजोको राजामहाराजासँग सहकार्य गर्नु उचित हो?’

जिम्मेवार नेताहरुले जिम्मेवार ढंगले बोल्नुपर्छ भन्दै कांग्रेसँगको सहकार्य दीगो शान्ति कायम गर्न र संविधान कार्यान्वयन गर्नका निम्ती गरिएको ऐतिहासिक आवश्यकताको उपज भएको भट्टराईले दावी गरे।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसकै नेतृत्वमा देशमा शान्ति र संविधान आएको बताउँदै कांग्रेसकै नेतृत्वमा सम्वृद्धि पनि आउने भएकाले लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गरी उमेद्वारहरुलाई विजयी बनाएर पठाउन आग्रह गरे। उनले थपे, ‘प्रचण्ड र केपी ओली मिलेर प्रजातन्त्र समाप्त पार्ने खेल खेलिरहेका छन्, जनताहरु सचेत रहनुपर्छ।’

केन्द्रिय सदस्य कमला पन्तले लोकतन्त्र मास्न खोजेको भन्दै कम्युनिष्टहरुले चाहेको जस्तो व्यवस्था कुनै हालतमा पनि ल्याउन नदिइने बताइन्।

प्रतिनिधिसभा क्षेत्र नं. १ का उमेद्वार कांग्रेस केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रका बासिन्दालाई छिटो मुआब्जा दिइने, पुर्नबासको पनि ब्यबस्था मिलाइने, पुनःमूल्याङ्कन गराउने र बेनिघाट आरुघाट हुँदै लार्केभञ्याङसम्म दुई बर्ष भित्रमा सडक ट्रयाक खुलाएर पाँच बर्षभित्रमा कालोपत्रे गरिसक्ने बताए।

प्रदेशसभा क्षेत्र (क) का उमेद्वार कांग्रेस युवा नेता धिरन थापाले बूढीगण्डकीबाट बिस्थापित हुने जनतालाई घडेरीको ब्यबस्था गर्ने, पुर्नबासको ब्यबस्थापन गरिने बताए। भूकम्पपीडित जनताको घर निर्माणमा पनि सहयोग गरिने उनको भनाइ थियो।

सभालाई गोरखाका मेयर राजनराज पन्त, कांग्रेस नेता जीवनप्रेम श्रेष्ठ, नयाँ शक्तिका नेताहरु कुमार तिवारी, गोपाल श्रेष्ठलगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरे।

प्रकाशित १ मंसिर २०७४, शुक्रबार | 2017-11-17 23:31:21
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels

author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...

  • अर्थ मन्त्रालय

    अाज आर्थिक वर्षको अन्तिम दिन, सरकारको कमाइ कति?

    सधैँजस्तै साउन १ देखि याे वर्ष पनि सरकारकाे क्यालेन्डर फेरिँदैछ।

  • मोडरिच र एम्बाप्पे

    विश्वकपको व्यक्तिगत विधामा उत्कृष्टहरुको प्रदर्शन कस्तो?

    रुस विश्वकपमा गोल्डन बल अवार्ड हात पार्दै क्रोएशियाका कप्तान लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी बन्दा १९ वर्षिय फ्रान्सका केलियन एम्बाप्पे...