बाबुरामलाई भोट माग्न गोरखा जाँदै गगन



गगन थापा
गगन थापा
रासस

लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पक्षमा भोट माग्न नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य गगन थापासम्मलाई गोरखामा उतार्ने भएका छन्।

मंसीर २ गते पालुङटारमा नेपाली कांग्रेस र नयाँ शक्तिले संयुक्त रुपमा आयोजना गरेको चुनावी आमसभालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तै मंसीर ४ गते क्षेत्र नं. १ को आरुघाट बजार र क्षेत्र नं. २ को भच्चेक बजारमा हुने सभामा कांग्रेस केन्द्रीय सदस्य थापा र बालकृष्ण खाँणले सम्बोधन गर्दैछन्।

यसका अलवा गोरखा–१ मा चीनकाजी श्रेष्ठलाई भोट माग्न नयाँ शक्ति पार्टीका संयोजक भट्टराई पनि मंसीर ४ मा आरुघाट जाँदैछन्।

गोरखाका छ वटा सिटमध्ये नयाँ शक्तिलाई दुई वटा दिएर कांग्रेसले चार वटा सिट लिएको छ।

गोरखा–१ मा चीनकाजी श्रेष्ठ र दुवै प्रदेशमा कांग्रेसका धिरन थापा, राजेन्द्र बजगाइँ उम्मेदवार छन्।

साथै गोरखा–२ प्रतिनिसभा भट्टराई र प्रदेशसभा (क) मा नयाँ शक्तिका हरिशरण आचार्य उम्मेदवार छन् भने प्रदेशसभा (ख) मा कांग्रेसका प्रकाशचन्द्र दवाडी छन्।

कांग्रेसलाई नयाँ शक्तिले र नयाँ शक्तिका उमेद्वारलाई कांग्रेसले सघाउने सहमतिसाथ लोकतान्त्रिक गठबन्धन बनेको हो ।

यसअघि गोरखा २ मा बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठ, कमला नहर्की, अमर तमु र १ का उम्मेदवार हरिराज अधिकारी, लेखबहादुर थापा, रामशरण बस्नेतलगायतलाई भोट माग्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भच्चेक, पालुङटार, घैरुङ र आरुघाटमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गरेर फर्किसकेका छन् ।

प्रकाशित १ मंसिर २०७४, शुक्रबार | 2017-11-17 12:36:57
author photo

प्रशन्न पोखरेल गोरखास्थित पत्रकार हुन्

प्रशन्न पोखरेलबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

    प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस पहिलो...

  • केपलर-९० र त्यसका ग्रहहरुको कलात्मक चित्रण

    आठ ग्रह भएको टाढाको सौर्य परिवार पत्ता लाग्यो

    नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता...

  • बाबुराम भट्टराई

    गतिरोध अन्त्यका लागि बाबुरामको ‘प्रेस्क्रिप्सन’

    पहिले सरकार गठन कि राष्ट्रिय सभाको गठन, राष्ट्रिय सभाको गठन बहुमतको आधारमा कि एकल संक्रमणीय मतको आधारमा भन्ने विवादमा फेरि नेपालको राजनीति फस्न...

  • नेकपा एमालेका नेता रघुवीर महासेठ

    यी हुन मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका...