‘मलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु नै कांग्रेसलाई जिताउने सजिलो बाटो हो’

रामचन्द्र पौडेल भन्छन्: गोविन्दराज जोशीले सहयोग गर्नुको विकल्प छैन



रामचन्द्र पौडेल
रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल २०४८ सालदेखि निरन्तर संसद र संविधान सभामा छन्। मंसिर २१ मा दोस्रो चरणमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्। कांग्रेसकै नेता गोविन्दराज जोशीले उम्मेदवारी दिएपछि तनावमा देखिएका थिए पौडेल। तर, निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिदिएपछि भने अझ उत्साहित भएका छन्।

पौडेल २०४८ सालमा पहिलो पटक सांसदमा विजयी भएका पौडेल त्यसपछि भने लगातार तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएको थिए। तर, यो पटक २६ वर्षपछि पुरानै निर्वाचन क्षेत्र नम्बर १ मा फर्किएका छन्। एमाले र माओवादी केन्द्रको वामगठबन्धनले कृष्णकुमार श्रेष्ठलाई पौडेलविरुद्ध उठाएको छ। तर, पौडेल भने सधै तनहुँमा कांग्रेस एक्लै चुनाव लड्दै आएकाले आफ्नो जित सुनिश्चित भएको बताउँछन्।

‘हामी सधै एक्लै चुनावी मैदानमा उत्रिदै आएका छौं। कम्युनिष्ट दलहरु चुनावमा एक भएर लड्छन्। तर, त्यसले हामीलाई केही फरक पर्दैन। मेरो जित सुनिश्चित छ,’ पौडेल भन्छन्। चुनावका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीः

महामन्त्री शशांक कोइरालाले भावी प्रधानमन्त्रीका रुपमा तपार्इंको नामपनि लिनु भएको छ। सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न दिनुहोला त?

कुनै पदभन्दा पनि जनता र राष्ट्रका केही काम गरौं भनेर प्रतिनिधि सभामा उठेको छु। जनताको चाहना रामचन्द्र पौडेल प्रधानमन्त्री बनोस् भन्ने हुन सक्छ। यसमा कुनै अनौठो मान्नु पर्दैन। तर, पार्टी सभापतिजीको के इच्छा हुन्छ, म प्रधानमन्त्री बन्ने, नबन्ने कुरा सभापति शेरबहादुर देउवाजीमा भर पर्छ। पार्टीलाई चुनाव जिताउने सजिलो बाटो मलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु हो जस्तो लाग्छ। चुनाव जितेर आइसकेपछि देशको नेतृत्व गरेर जनताको सेवामा तल्लीन हुने चाहना सबै नेताको हुन्छ। मलाई विश्वास छ, कांग्रेसबाट अबको प्रधानमन्त्री मै हुँ।

प्रधानमन्त्री बन्न त प्रतिनिधि सभाको चुनाव जित्नुपर्‍यो। चुनावी अभियान चाहिँ कस्तो चल्दैछ? 
उम्मेदवारी दर्तासँगै मत माग्ने काम सुरु भएको छ। घरदैलो अभियानले गति लिएको छ। सधैं जनताकै साथमा थिएँ। चुनावी अभियानमा होमिँदा पनि जनताकै सुखदुःख बुझ्ने काम गरिरहेको छु। समग्र जिल्लाको विकासका लागि के के काम गर्न बाँकी छ भन्ने विषयमा पनि मतदातासँग बुझिरहेको छु।

सधैं तपाईंलाई जनताले किन भोट दिने? 
सबैजना गाउँमै बसौं बसौं बनाउनका लागि। कृषि क्रान्ति, पर्यटन र रोजगारी, ऊर्जा शक्तिको विकास गरेर अब गाउँमै रोजगारी र आम्दानीको परिस्थिति बनाउनका लागि। अहिलेसम्म गाउँमा पूर्वाधारको निर्माण गराएँ, अब कच्ची बाटोहरुलाई पक्की गर्नुछ। त्यसपछि गाउँमै रोजगारीकोे अवस्था सिर्जना गर्नुछ। आम्दानीको अवस्था सिर्जना गर्नुछ। मेरा यी अधुरा सपना पूरा गर्न जनताले मलाई भोट दिनु पर्छ, दिन्छन् भन्नेमा विश्वस्त पनि छु।

स्थानीय निर्वाचनमा मतदान गर्दै कांग्रेस नेता रामचन्द्र पौडेल

मतदाताहरुले पत्याउँछन् त? 
‘गरे रामचन्द्रले गर्ने हो, अरुले गर्ने होइनन्’ भनेका छन् तनहुँका जनताले। ‘तपाईंलाई नै भोट दिएर जिताएर पठाउने हो’ भनेर आर्शिवाद पनि दिएका छन्। उनीहरुकै मायाले छैटौं पटक चुनाव जित्छु।

कसरी– जवकि यसपटक एमाले–माओवादी केन्द्रले गठबन्धन बनाएका छन्! 
जहिले पनि कांग्रेसका विरुद्ध गठबन्धन हुँदै आएको छ, तनहुँमा। सबै मिलेर हामीसँग चुनावमा लड्थे। हामी एक्लै लड्दै आएका छौं। र, जितेका पनि छौं। गठबन्धनले हामीलाई कुनै फरक पार्दैन।

गोविन्दराज जोशीको उम्मेदवारी खारेजीपछि राहत महसुस भएको हो? 
निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरिसकेको छ। अब उहाँले पार्टीलाई सहयोग गर्नु पर्छ। पार्टीलाई सहयोग गर्नुको अर्को विकल्प पनि उहाँसँग छैन। किनभने उहाँ पनि कांग्रेसकै नेता हो। कांग्रेसमाथि जुन प्रहार भइरहेको छ, त्यो रामचन्द्र पौडेलमाथिको प्रहारमात्रै होइन। यो सबै कांग्रेसमाथिको, लोकतन्त्र र प्रजातन्त्रमाथिको प्रहार हो। यसको सामना हामी सबै कांग्रेस मिलेर गर्नुपर्छ।

उम्मेदवारी खारेजीपछि पनि जोशीले तपाईंविरुद्धको अभियान छोडेका छैनन्। यसले, चुनावी परिणामलाई असर त गर्ला नि। होइन ? 
जोशीको आवेग क्षणिक हो। उहाँको त्यो क्रमशः अभियान सिथिल हुँदै जान्छ।

२०४८ मा चुनाव जितेपछि नफर्किएको तनहुँ–१ मा २६ वर्षपछि फर्कनु भएको छ। कत्तिको चुनौती छ? 
सिंगो तनहुँ मेरो क्षेत्र हो। २०४८ मा तनहुँ– १ र त्यसपछि तनहुँ–२ बाट चुनाव लडेर जित्दै आएको हुँ। अहिले २ नम्बर क्षेत्रको केही भाग क्षेत्र नम्बर १ मै गाभिएको छ, जहाँ मेरो बसोबास पनि छ। त्यसैले हार्ने भएपछि तनहुँ–१ मा फर्कियो भन्ने कुरा गलत हो।

निर्वाचनमा कांग्रेसको अवस्था कस्तो होला? 
वामगठबन्धनले अलिकति असहज परिस्थिति बनाउन खोजेकै हो। तर, त्यो सफल हुँदैन। उहाँहरु (कम्युनिष्ट) मिलेर देशमा कम्युनिजम् ल्याउने जुन सोच बनाउनु भएको छ, त्यो नै उहाँहरुकै लागि घाँडो हुन्छ। कांग्रेस एक्लै चुनाव लड्दापनि कांग्रेस राम्रो पोजिसनमा रहन्छ।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 19:30:51
author photo

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...