गत स्थानीय तह निर्वाचनमा नयाँ शक्तिले जितेका २ स्थानीय तहमध्ये रसुवाको पार्वतीकुण्ड गाउँपालिकाबाट पार्टीका दर्जनौं नेता कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन्।
नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य एवं रसुवा जिल्ला इन्चार्ज तेम्ब्रेल तामाङको नेतृत्वमा मंगलबार पार्टीका नेता कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका हुन्।
नयाँ शक्ति परित्याग गरी गठबन्धन प्रवेश गर्नेहरुमा जिल्ला सचिवालय सदस्य चमेली विक, नयाँ शक्ति शिक्षक समाज नेपालका केन्द्रीय परिषद सदस्य शिशिर न्यौपाने, जिल्ला कार्यकारिणी सदस्य भीम तामाङ, जिवन सुनुवार, उदय घिमिरे लगायत रहेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमका बीचमा उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा प्रवेश गराएका हुन्।
पार्टी परित्याग गरेका नेताहरुले नयाँ शक्ति दिशाविहीन बन्दै गएको र अबको वैकल्पिक शक्ति नै वाम गठबन्धन भएको प्रतिक्रिया दिएका छन्। तामाङले ‘दक्षिणपन्थीसंग घाँटी जोड्न पुगेको’ नयाँ शक्तिले देशलाई निकास दिन नसक्ने बताए।
प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 17:28:14