‘म पनि नवजवान हुँ’ भन्दै ओलीले गरे ‘फोटो सेसन’



ओली र शर्मा
ओली र शर्मा

उमेरले एमाले अध्यक्ष केपी शर्मा ओली ६५ वर्ष पुगे। तर उनलाई आफू अझै नवजवान नै छु भन्ने लाग्दो रहेछ। त्यसैले ‘म पनि नवजवान हुँ’ भन्दै ओलीले मंगलबार दिउसो माओवादी केन्द्रका एक युवा नेतासँग फोटो सेसन नै गराए।

एमाले र माओवादी केन्द्रले मंगलबार दिउसो जमलस्थित होटल यलो प्यागोडामा राजधानी उपत्यकाका उम्मेदवारहरुको परिचय कार्यक्रम आयोजना गरेका थिए। ओली प्रमुख अतिथि रहेको कार्यक्रममा उपत्यकामा वामगठबन्धनका सबै उम्मेदवार सहभागी थिए।

कार्यक्रममा सम्बोधनका क्रममा ओली नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारप्रति निकै आक्रोसित देखिन्थे। कांग्रेस र देउवाप्रति आक्रोस पोखेपछि मन हल्का भएर होला, त्यसपछि उनी 'फ्रेस' देखिए। र, उम्मेदवारहरुसँग जिस्किन थाले।

ओलीको आडैमा थिए, काठमाडौं–१ का उम्मेदवार अनिल शर्मा। ओलीले शर्मालाई छेउमा बोलाए, शर्मासँगै अखिल (क्रान्तिकारी) का नेता नरेन्द्र बयडी पनि थिए। ओलीले बयडीसँग भने, म पनि नवजवान नै हुँ, अर्काे नवजवानसँग बसेर फोटो खिच्नुपर्‍यो।’

यति भन्दै ओलीले बयडीलाई आफू र अनिल सँगै बसेको फोटो खिचिदिन आग्रह गरे। बयडीले खिचिदिए। बयडीका अनुसार, त्यसपछि ओलीले शर्मालाई भने, ‘तपाईंलाई काठमाडौं–१ बाट जितको शुभकामना। तपाईंलाई सहयोगका लागि आउँला।’

शर्मासँगको फोटो सेसन सकिएपछि अन्य उम्मेदवारहरुले पनि ओलीसँग बसेर फोटो खिचेका थिए।

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 18:21:59

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...