सीमा नाघेर दक्षिण कोरियातिर भागेका उत्तर कोरियाली सिपाहीलाई लाग्यो पाँच गोली



सीमारेखामा उत्तर कोरियाली सैनिक
सीमारेखामा उत्तर कोरियाली सैनिक
एएफपी

सीमाना पार गरी दक्षिण कोरियातिर भागेका एक उत्तर कोरियाली सिपाहीलाई कम्तीमा पाँच गोली लागेको बताइएको छ। ती सिपाहीको अवस्था चिन्ताजनक रहेको दक्षिण कोरियाले जनाएको छ।

सोमबार पानमुन्जोमस्थित डिमिलिटराइज्ड जोनबाट भाग्ने क्रममा उत्तर कोरियाली सैनिकले ती सिपाहीलाई गोली हानेका थिए। गाडीमा दक्षिण कोरियातिर भागेका ती सिपाही गाडीको पांग्रा खुस्केपछि दौडिन थालेका थिए।

त्यतिञ्जेलमा उत्तर कोरियाली सेनाले ती व्यक्तिमाथि पेस्तोल र एके ४७ राइफलले कम्तीमा ४० गोली बर्साएको बताइएको छ। दक्षिण कोरियाली सेनाले उद्दार गरी अस्पताल पुर्‍याइएका ती व्यक्तिको शरीरबाट ५ गोली निकालिएको छ। चिकित्सकहरुले उनको शरीरमा अझै दुई गोली बाँकी रहेको हुनसक्ने बताएका छन्।

सन् १९५३ यता करिब ३० हजार उत्तर कोरियाली भागेर दक्षिण कोरिया पसेको जनाइएको छ।

उता सोमबार नै दक्षिण कोरियाबाट उत्तर कोरियातर्फ जान खोज्ने एक अमेरिकी व्यक्ति पनि पक्राउ परेका छन्। ५८ वर्षीय लुजियानाका ती वासिन्दालाई डिमिलिटराइज्ड जोन पार गर्ने प्रयास गर्दैगर्दा पक्राउ गरिएको हो। एजेन्सी

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 17:13:35

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...