कोरियाली प्रायद्वीपमा अमेरिकाले आणविक युद्धको खतरा बढायोः उत्तर कोरिया

उत्तर कोरियाले राष्ट्रसंघ महासचिवलाई पत्र लेखेर भन्योः हालसम्मकै खराब परिस्थिति उत्पन्न भयो



तीन अमेरिकी विमानवाहक जहाज सैन्य अभ्यासमा सहभागी हुँदै
तीन अमेरिकी विमानवाहक जहाज सैन्य अभ्यासमा सहभागी हुँदै
एपी

अमेरिकाले कोरियाली प्रायद्वीपको वरिपरि अहिलेसम्मकै सबैभन्दा ठूलो नौसैनिक अभ्यास गरेपछि उत्तर कोरियाले सो क्षेत्रमा ‘हालसम्मकै सबैभन्दा खराब परिस्थिति उत्पन्न भएको’ बताएको छ।

सोमबार संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत जा सङ नामले महासचिव एन्टोनियो गुटेर्रेसलाई एक पत्र पठाउँदै अमेरिका ‘अन्धाधुन्ध युद्ध अभ्यासमा लागेको’ आरोप लगाएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका भ्रमणको छेक पारेर तीन विमानबाहक जहाजसहित अमेरिकाले दक्षिण कोरिया र जापानसँग गरेको संयुक्त नौसैनिक अभ्यास मंगलबार सकिँदैछ।

शनिबार सुरु भएको सो अभ्यासमा युएसएस रोनाल्ड रिगन, युएसएस थियोडोर रुजवेल्ट र युएसएस निमित्ज नामक एक लाख टनभन्दा बढी तौलका तीन विमानवाहक जहाज र तिनका अन्य आक्रमणकारी जहाज र क्षेप्यास्त्रवाहकहरु समावेश छन्। अभ्यासमा अन्य अनेकाँै दक्षिण कोरियाली र जापानी जहाज पनि सहभागी भएका छन्।

युएसएस रोनाल्ड रिगन

युएसएस रोनाल्ड रिगन

करिब १० वर्षपछि सो क्षेत्रमा यसरी तीन ठूला विमानबाहक जहाज एकसाथ भेला भएका हुन्।

‘अमेरिकाले वर्षैभरी नबिसाइ आफ्ना पिछलग्गुहरुको साथमा हाम्रो गणतन्त्रलाई विनाश गर्न ठूलो मात्रामा गरेको आणविक युद्धअभ्यास र ब्ल्याकमेलले एउटै कुराको पुष्टि गरेको छः त्यो हो, हामीले रोजेको बाटो सही छ र हामी अन्तिमसम्म त्यही बाटोमा जानुपर्छ,’ राजदूत जा सङ नामले भनेका छन्।

‘बी–१बी र बी–२ बमवर्षक विमान दक्षिण कोरियाको आकाशमा लगातार उडाएर अमेरिकाले आक्रमणकारी मुद्रा अपनाएको’ पनि उनले आरोप लगाए। उनले ‘सिंगो मानवतामाथि भयानक प्रलय निम्त्याउन लागिपरेको अमेरिकाप्रति आँखा चिम्लिएको’ भन्दै संयुक्त राष्ट्रसंघको आलोचना पनि गरे। एजेन्सी

प्रकाशित २८ कार्तिक २०७४, मंगलबार | 2017-11-14 14:48:11


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...