‘पहिले मलाई हराइयो, यसपटक गच्छदारलाई जित्छु’




भगवती चौधरी
भगवती चौधरी
NIC ASIA

पहिलो संविधानसभामा मनोनीत सभासद बनेकी एमाले नेतृ भगवती चौधरी झलनाथ खनाल नेतृत्वको सरकारमा राज्यमन्त्री भएकी थिईन्। २०७० को निर्वाचनमा सुनसरी–३ मा एमाले उम्मेदवार रहेकी उनी तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष विजय गच्छदारसँग पराजित भइन्। दोस्रो संविधान सभा निर्वाचनमा  पराजित गरेका गच्छदारसँग प्रतिस्पर्धा गर्न एमालेले यस पटकपनि उनैलाई सुनसरी–३ मा प्रत्यासी बनाएको छ।चौधरीसँग नेपालखबरका लागि आकाश क्षेत्रीले गरेको चुनाव-वार्ता: 

सुनसरी–३ मा चुनावी माहोल कस्तो बन्दैछ?

हामी प्रचार–प्रसारमा छौँ। जनताबाट आशा गरे अनुरुप नै सहयोग पाएकी छु। जनता यस्तो नेताको खोजीमा छन्, जसले व्यक्तिगत स्वार्थका लागि होइन, जनताको स्वार्थका लागि काम गरोस्। यस हिसावले मेरो उम्मेदवारीप्रति जनता सकरात्मक देखिएका छन्।

कस्तो आउला त नतिजा त्यसो भए?

यस पटक चाहिँ जित्ने विश्वास लिएकी छु। यहाँका जनताका लागि धेरै काम गर्न सकेकी छु। एक त म वामगठबन्धनको उम्मेदवार हुँ। अर्काेतिर राप्रपादेखि नयाँ शक्ति र अन्य साना दलका स्थानीय नेताहरु एमालेमा प्रवेश गरेका छन्। त्यसैले सहज रुपमा विजयी हुन्छु।

विजयकुमार गच्छदारलाई हराउन यति सजिलो छ र?

गच्छदार धेरैपटक मन्त्री, उपप्रधानमन्त्री बन्नुभएको छ। कहिल्यै निर्वाचन हार्नुभएको पनि छैन। तर सुनसरीका जनताले उहाँबाट के पाए त? मतदाताको दिमागमा यही कुरा घुमिरहेको छ। उहाँले छानी–छानी मन्त्रालय पाउनु भएको छ। तर त्यो अवसरलाई आफ्नालागि मात्र प्रयोग गर्नुभयो। जनताका लागि प्रयोग गर्न सक्नुभएन। जुन अपेक्षा जनताको उहाँप्रति थियो, त्यो पुरा नभएकाले यस पटक सजिलै चुनाव जित्छु भन्ने लागेको छ।

गच्छदार कमजोर नै छन् त?

उहाँले गर्ने निर्वाचन तयारी मलाई राम्रोसँग थाहा छ। मतदातालाई आफ्नो प्रभावमा पार्न उहाँ पैसाको साहारा लिनुहुन्छ। उहाँको भोट लान्ने पैसाले मात्र हो। जनताको घरदैलोमा जान उहाँसँग एजेन्डा नै छैनन्।

२०७० सालको संविधानसभा निर्वाचन हार्नुको कारण के थियो?

मलाई हराउन निकै ठूलो राजनीतिक चलखेल भयो। म जम्मा ३ सय ६२ मतले मात्र हारेको थिएँ। गच्छदारलाई जिताउन बदर भएका मतलाई समेत सदर गराइयो। यो कुरा सुनसरीका जनतालाई थाहा छ।

तपाईंका एजेण्डा चाहिँ के छन्?

मेरो मुख्य एजेन्डा युवा स्वरोजगार हो। यहाँका जनताले राम्रो शिक्षा पाएका छैनन्। स्वास्थ्य सेवा पाएका छैनन्। उनीहरुलाई प्रविधिक शिक्षा सर्वसुलभ गराउनु मेरो प्राथमिकता हो। यहाँका मुसहर मुसहर समुदाय भोकानाङ्गा छन्। उनीहरुका लागि लड्नु मेरो कर्तव्य र एजेण्डा दुवै हो।

 

प्रकाशित २५ कार्तिक २०७४, शनिबार | 2017-11-11 19:24:25
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • cof

    बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

    ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’,

  • शान्तिनगरमा बाढीकाे बितन्डा (भिडियाे रिपाेर्ट)

    बागमती राजधानी काठमाडाैंकाे सभ्यताकाे स्राेत पनि हो।

  • डुबानमा परेको काठमाडौंको तीनकुने क्षेत्र।

    सहरभित्र खोलाको वितण्डाः किन सोस्न छाड्यो काठमाडौंले पानी ?

    विगतका वर्षायाममा अविरल वर्षा भए पनि अहिले जसरी उपत्यकाका बस्ती डुबानमा पर्दैनथ्यो। पर्याप्त जंगल तथा खुला ठाउँ भएकाले आकाशेपानी सोस्थ्यो ।

  • पशुपति मुरारका

    पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

    नेपालमा कांग्रेस र कम्युनिष्ट २ वटा मात्र पार्टी हुने दिन पनि अब आउन सक्छ। राजनीतिक पार्टीहरू यसरी एक हुँदैछन् तर हामी नीजि क्षेत्रका व्यवसायी...