प्रतिनिधिसभाका लागि खोटाङबाट सरस्वती बजिमय कांग्रेस उम्मेदवार

प्रदेशतर्फ सुवासकुमार पोखरेल र विष्णुकुमार राई


Infocus



आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले खोटाङ जिल्लाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ। जिल्लाबाट सिफारिसमा परेका ४३ जना आकांक्षीमध्येबाट छनोट गरेर प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाएको हो।

NIC ASIA

कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सरस्वती बजिमयलाई छनोट गरेको छ। त्यस्तै प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुवासकुमार पोखरेल र क्षेत्र नम्बर २ बाट विष्णुकुमार राईलाई टिकट दिने निर्णय गरेको छ।

समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि पूर्व सभासद् हीरा गुरुङ र प्रदेशसभाका लागि वीरकाजी राईको नाम छनोटमा परेको कांग्रेसले जनाएको छ। अन्य दलले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाएका छैनन्। रासस

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 17:49:06
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्