जर्ज सोरोसले ओपेन सोसाइटी फाउन्डेसनलाई दिए १८ अर्ब डलर


Infocus



जर्ज सोरोस
जर्ज सोरोस
न्युयोर्क टाइम्स

ओपेन सोसाइटी फाउन्डेसनका संस्थापक जर्ज सोरोसले आफ्नो १८ अर्ब अमेरिकी डलर फाउन्डेसनको नाममा सारेका छन्। विश्वव्यापी रुपमा प्रजातन्त्र प्रवर्द्धनका लागि सक्रिय सो संस्थाका लागि सोरोसले आफ्ने कूल सम्पत्ति करिब २५ अर्ब डलरमध्येबाट ठूलो हिस्सा प्रदान गरेका हुन्।

NIC ASIA

करिब १२० राष्ट्रमा सञ्चालित सो फाउन्डेसनले आफ्नो स्थापनाकाल यता करिब १४ अर्ब डलर खर्च गरिसकेको छ। ८७ वर्षीय सोरोसले फाउन्डेसनमार्फत पूर्वी युरोप लगायतको क्षेत्रमा आफ्नो प्रभाव बिस्तार गरेको भन्दै आलोचना पनि हुने गरेको छ। 

हंगेरीमा यहुदी परिवारमा जन्मेका सोरोस सन् १९४० को दशकमा नाजीहरुको आक्रमणबाट बच्न बेलायत भागेका थिए। त्यसपछि उनी अमेरिका बसाइ सरेका थिए।

अमेरिकामा लगानीमार्फत व्यवसायिक सफलता हासिल गरेपछि उनले ठूलो मात्रामा रकम दान गर्दै आएका छन्। हालसम्म उनले ३० अर्ब डलरभन्दा बढी रकम दान गरिसकेको बताइएको छ।

यसै वर्ष उनको जन्म स्थान हंगेरीमा ‘विदेशी पैसामार्फत स्थानीय राजनीति नियन्त्रण गर्न खोजेको’ आरोप त्यहाँका नेताहरुले उनीमाथि लगाएका थिए।

ओपेन सोसाइटी फाउन्डेसन अमेरिकामा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनपछिको दोस्रो ठूलो परोपकारी संस्था हो। सोरोस डेमोक्र्याटिक पार्टीको मुख्य चन्दादाता पनि हुन्। एजेन्सी

 

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 14:45:48
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्