नवनियुक्त स्वास्थ्यमन्त्रीको कर्मचारीलाई निर्देशनः ढुक्क भएर जनताका काम गर्नुस्



—

नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन्। बुधवार मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

उनले भने, ‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस्, बिना तनाब ढुक्कसँग काम गनुहोस्।’

मन्त्रालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिने क्रममा स्वास्थ्य मन्त्री बोहराले आफू २०४१ सालमा यातायात मन्त्री हुँदा मन्त्रालयलाई धूमपानरहित मन्त्रालय बनाएको प्रसंग झिक्दै धेरै कर्मचारी त्यसको विपक्षमा भएपछि छुट्टै कोठामा बनाइ त्यहाँ मात्र धूमपान गर्न सकिने व्यवस्था गरेको स्मरण गरे।

‘स्वास्थ्य मन्त्रालयमा समेत यस्तो सोच थिएन, यस्तो निर्णयपछि दक्षिण एसियामै हामीले पहिलो धूमपानरहित मन्त्रालयका रुपमा प्रशंसा पाएका थियौँ, स्वास्थ्यमा पनि सबैको हित हुने केही नयाँ काम गरौं’, उनले भने।

महँगो स्वास्थ्य सेवाका कारण जनताले आफ्नो आम्दानीले गुणस्तरीय सेवा नपाइरहेको भन्दै बोहोराले सरकारले सुलभ स्वास्थ्य सेवाको वातावरण बनाउनुपर्ने बताए।

मन्त्री बोहराले पदभार ग्रहण गर्दै शहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन फाइल र भूकम्पले क्षति गरेका २५२ स्वास्थ्य संस्था निर्माणसम्बन्धी फाइल सदर गरे।

स्वास्थ्य सचिव किरण रेग्मीले विगत दुई दशकमा स्वास्थ्य क्षेत्रले राम्रो प्रगति गरेको भए पनि नसर्ने रोग, मातृ मृत्युदरलगायतका विषयमा अझै काम गर्नुपर्ने बताए।

संघीयतामा कर्मचारी समायोजन ठूलो चुनौती भएको भन्दै सचिव रेग्मीले स्वास्थ्यमा पर्याप्त बजेट नबढाई अपेक्षाकृत उपलब्धि हासिल नहुने बताए।

स्वास्थ्यमा हाल कुल बजेटको ३ दशमलब ७ प्रतिशत मात्र बजेट विनियोजन भएकाले त्यसलाई कम्तीमा १० प्रतिशत पु¥याउन आवश्यक भएको उनको भनाइ छ। रासस

प्रकाशित १ कार्तिक २०७४, बुधबार | 2017-10-18 14:34:22

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...