ओली, दाहाल र देउवालाई सर्वसम्मत गराउने गृहकार्य

‘एमाले र माओवादी अध्यक्ष उठ्ने क्षेत्रको प्रदेशसभाका दुवै सिटमा सोही दलका उम्मेदवार’



ओली, देउवा र दाहाल
ओली, देउवा र दाहाल
रासस

एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेतालाई सर्वसम्मत रुपमा निर्वाचित गर्ने गृहकार्य सुरु भएको छ।

यस्तो समझदारी नेपाली कांग्रेससँग समेत गर्ने तयारी वाम गठबन्धनको शीर्ष तहमा भइरहेको जनाइएको छ। कम्तिमा तीन पार्टीका शीर्ष नेता– एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहजै विजयी हुनेगरी समझदारी गर्ने गृहकार्य भइरहेको छ।

वाम र लोकतान्त्रिक तालमेल गरी निर्वाचनमा जाँदासमेत शीर्ष नेताले जित्ने सुनिश्चित नहुँदा यस्तो समझदारी हुन लागेको बताइएको छ। निर्वाचनपछि सरकार र प्रतिपक्षी दलको नेतृत्व आफ्नै भागमा पार्ने उद्देश्यले सुन्दा अलि आश्चर्यलाग्ने समझदारीको परिकल्पना गरिएपनि यो अहिले गृहकार्यकै चरणमा छ।

एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदल निर्वाचन सिट सम्बन्धी तालमेलको अन्तिम गृहकार्यमा लागेको छ। तालमेलको अन्तिम टुङ्गो लाग्नुअघि दुवै पार्टीका नेताहरु एमाले–माओवादी केन्द्रबीच मात्र होइन, सत्तारुढ नेपाली कांग्रेससँग पनि पनि केही सिटमा तालमेल गर्ने पक्षमा उभिएका हुन्।

कम्तिमा तीनै पार्टीका मुख्य नेता विजयी हुने गरी तालमेलको प्रस्ताव गर्ने पक्षमा एमाले–माओवादी केन्द्रका नेताहरु पुगेका हुन्। यो सहमति अनुसार दुई पार्टीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धा गर्ने क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने वा कमजोर उम्मेदवार दिनेछन्।

त्यसको बदलामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिस्पर्धा गर्ने क्षेत्रमा कांग्रेसले पनि उम्मेदवार नउठाउने वा कमजोर उम्मेदवार दिने तयारी छ। यस सम्बन्धी प्रस्ताव छिट्टै कांग्रेससमक्ष लग्ने र त्यसमा सहमती भए ओली, दाहाल र देउवा निर्विरोध वा सहजै निर्वाचित हुने वातावरण बनाउने योजना छ।

तर एमाले–माओवादी केन्द्रलाई आफूहरुले लगेको प्रस्ताव कांग्रेसले स्वीकार गर्ने कुरामा भने त्यति विश्वास छैन। नाम बताउन नचाहने गठबन्धनका एक नेताले भने, ‘कांग्रेसको मान्यता प्रतिस्पर्धा गरेरै जाने भन्ने छ, त्यसैले हाम्रो प्रस्तावमा उ मान्ला भन्ने त्यति विश्वास छैन।’

एमाले–माओवादी केन्द्रबीच सिट बाँटफाँट अझै नटुंगिएपनि शीर्ष नेताका प्रदेश सभाका सिट बाँटफाँट भने टुंगो लागेको छ। त्यस अनुसार एमाले अध्यक्ष उठेको क्षेत्रको प्रदेश सभाका दुवै सिटमा एमालेकै उम्मेदवार हुनेछन् भने माओवादी अध्यक्ष दाहाल उठेको क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार।

अन्य अधिकांस क्षेत्रका हकमा चाहिँ संघीय सिट र प्रदेश सिटमा मिलाएर उम्मेदवारी दिने सहमति भएको छ। जस्तो, संघीय सिटमा एमालेका उम्मेदवार छन् भने प्रदेश सभाका कम्तिमा एक सिटमा माओवादी केन्द्रका उम्मेदवार हुनेछन्। संघीय सिट एमालेले पाएको क्षेत्रमा पनि यही नीति लागू हुनेछ।

शीर्ष नेताको विजयमा कुनै अप्ठेरो नपरोस् भन्ने उद्देश्यका साथ दुवै पार्टीको कार्यदलले यो सहमति गरेको हो। ती नेताले भने, ‘एकै निर्वाचन क्षेत्रका मतदातालाई चुनाव चिन्ह सम्बन्धी झमेला नहोस् भनेर शीर्ष नेता लड्ने क्षेत्रका हकमा यस्तो निर्णय गरिएको हो।’

प्रकाशित ३१ असोज २०७४, मंगलबार | 2017-10-17 19:02:02

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...