माओवादीका मन्त्रीको जिम्मेवारी खोसियो,कमल थापाले पाए ऊर्जा मन्त्रालय

गृह र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखे



शेरबहादुर देउवा
शेरबहादुर देउवा
द काठमाण्डू पोस्ट

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी खोसेका छन्। जिम्मेवारी खोसिएसँगै माओवादी केन्द्रका सबै मन्त्री विनाविभागीय भएका छन्। प्रधानमन्त्री देउवाले मंगलबार साँझ माओवादी केन्द्रले सरकार छोड्न अटेर गरेपछि जिम्मेवारी हेरफेर गर्दै माओवादीका सबै मन्त्रीलाई विनाविभागीय बनाएका हुन्।

देउवाले माओवादी केन्द्रका नेताहरुले सम्हाल्दै आएको गृह, परराष्ट्र मन्त्रालय, पशुपंक्षी विकास, सामान्य प्रशासन मन्त्रालय आफूसँगै राखेका छन्। माओवादी केन्द्रले सरकारबाट आफ्ना मन्त्री फिर्ता नबोलाएपछि प्रधानमन्त्री देउवाले मंगलबार साँझ विनाविभागीय बनाएका हुन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार समर्थन आवश्यक नरहेको र सरकार छोड्न आग्रह गर्दा पनि अटेर गरेकाले जिम्मेवारी खोसिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

देउवाले केही दिनअघि सरकारमा सहभागी भएको दल राप्रपाका अध्यक्षसमेत रहेका कमल थापालाई उपप्रधान एवं ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

यस्तै, राप्रपाका जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई सहरी विकास र विक्रमबहादुर थापालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइको छ।

प्रकाशित ३१ असोज २०७४, मंगलबार | 2017-10-17 18:00:29

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...